काठमाडौँ – एकीकृत नेकपा माओवादीका सभासद ल्यारक्याल लामाले पद तथा गोपनियताको सपथ लिएका छन् ।
संसद् सचिवालयमा आइतबार आयोजित समारोहमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँग लामाले शपथ लिएका हुन् ।
एमाओवादीको सिफारिसमा निर्वाचन आयोगले माघ २७ गते लामालाई सभासद नियुक्त गरेको थियो । शम्भु पासवान हजारीको सभासद पद सर्वोच्च अदालतले खारेज गरेपछि एमाओवादीले लामालाई सिफारिस गरेको थियो ।
विवादास्पद छवी भएका लामालाई सभासद बनाएपनि एमाओवादीभित्र समेत तिब्र असन्तुष्ट देखिएको छ । तर, माओवादी नेतृत्वले भने लामालाई विज्ञ व्यक्तिका रुपमा सभासद् बनाएको स्पष्टिकरण दिएको छ ।ः