
२५ वैशाख, काठमाडौं –
गाउँमा निर्वाचनका लागि प्रचारप्रसार कार्य तीव्र भइरहेका बेला जुम्ला छुमचौरका युवा भने बहुमूल्य जडिबुटी यार्सागुम्बा टिप्न पाटनतिर लागेका छन् । यार्सा टिप्ने सिजन सुरु भएकाले युवा स्थानीय तहको निर्वाचनमा मतदान नगरी कमाउन त्यसतर्फ लागेका हुन् ।
दुई दशकपछि हुन लागेको स्थानीय तह निर्वाचनका लागि अधिकांश युवा प्रचारप्रसारका साथै नेतृत्वका लागि खटिएका छन् तर छुमेचौरका युवा भने निर्वाचनभन्दा पनि कमाउन जरुरी रहेको भन्दै यार्सा टिप्न पाटन छिरेका छन् ।
कर्णालीको डोल्पा, मुगु, जुम्ला र हुम्लाको हिमाली भेगमा पाइने यार्साको सिजन वैशाखदेखि असारसम्म भएका कारण युवा धमाधम पाटनतिर लागेको छ । अन्नपूर्ण पोस्टबाट
२०७४ बैशाख २५ गते प्रकाशित