२३ बैशाख, धादिङ –
निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको अभियोगमा धादिङ प्रहरीले विप्लव माओवादी नेतृत्वको पार्टीका १२ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।
शुक्रबार राती धादिङको गजुरी गाउँपालिका ३ गुम्बा डाडाँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुुख एसपी सरद खत्रीले जानकारी दिए । अहिले उनीहरु प्रहरी चौकी जोगिमाराको हिरासतमा रहेका छन् ।
चुनाव प्रचारप्रसार विथोल्दै हिडेको र स्थानीय तह चुनावका उम्मेद्वारलाई ज्यान मार्ने धम्की समेत दिएको बताइएको छ । उनीहरुले जताभावी चन्दा सङकलन गरेको अर्धकट्टी समेत प्रहरीले भेट्टाएको छ।
२०७४ बैशाख २३ गते प्रकाशित