Sat. Nov 16th, 2024

बोलपत्र आह्वान सम्बन्धी सूचना

प्रकाशित मितिः–२०७४ /०१/१९ गते

हिमालय सामुदायिक मुक्ति समाज (हिम्स नेपाल) द्वारा यु.एम.एनको साझेदारीमा धादिङ जिल्लाको साविकका रि र झार्लाङ् गा.वि.स.मा संचालित धादिङ बिपद ब्यवस्थापन कार्यक्रम अन्तर्गतका परियोजनाहरुको विद्यालय कक्षाकोठा, शौचालय, तथा खानेपानी परियोजनाको लागि आबश्यक सिमेण्ट, पाइप, छड, फिटिङ्ग, ज्यावल तथा अन्य निर्माण सामाग्रीहरु  खरिद गर्नुपर्ने भएकोले नेपाल सरकारबाट इजाजत प्राप्त इच्छुक बिक्रेता/ सप्लार्यसहरु बाट नबिकरण गरेको दर्ता प्रमाणपत्र, आयकर दर्ता तथा नविकरणको प्रमाणपत्र, मु.अ.कर दर्ता प्रमाणपत्रका प्रमाणित प्रतिलिपिहरु संलग्न राखी इच्छुक बोलपत्र दाताले प्रथम पटक सूचना प्रकाशित भएको ३० दिन भित्र बुझाइ धादिङबेसी, धादिङ स्थित यस कार्यालयबाट कार्यालय समयभित्र लिखित निबेदन दिइ बोलपत्र फारम खरिद गरी मिति २०७४ जेष्ठ १८ गतेभित्र  वुझाइ सक्ने गरीबोल पत्र आह्वान गरिएको छ ।

आवश्यक शर्तहरु :

१.तोकिएको समय भन्दा पछाडि बोलपत्र सम्वन्धि कागजपत्रहरु खरिद विक्रि तथा बुझिलिने काम हुनेछैन । समयभित्र प्राप्त नभएको, रित नपुगेको, शर्तबिपरित भएको बोलपत्र माथि कारबाही हुने छैन ।

२. खरिद भएको बोलपत्र फाराममा सामानको बिबरण, दर तथा गुणस्तर एवं सप्लायर्सको नाम, ठेगाना स्पष्ट रुपमा खुलाई प्रत्येक पानामा सहिछाप गरी शिलबन्दी लाहा छाप लगााएर मात्र यस कार्यालयमा दर्ता गर्नु पर्नेछ ।

३.बोलपत्र दर्ता गर्ने अन्तिम दिन सार्बजनिक  बिदा परेमा बिदा पछि कार्यालय खुलेको दिनमा हुनेछ ।

४.बोलपत्र शर्तरहित,केरमेट नभएको,तर केरमेट भएमा सो ठाँउमा सहि छाप भएको, कार्यालयले उपलब्ध गराइएको बोलपत्र पुस्तिकामा कुनै थपघट वा द्रष्टब्य नलेखेको हुनु पर्ने छ ।

५.एकै फर्मको नाममा खरिद भएको बोलपत्र अर्को फर्मको नाममा दाखिला गर्न पाइने छैन ।

६.कुनै पनि कारण जनाइ वा नजनाइ सम्पूर्ण वा अांशिक रुपमा बोलपत्र स्वीकृत गर्ने वा नगर्ने अधिकार हिमालय सामुदायिक मुक्ति समाज (हिम्स नेपाल) संग सुरक्षित हुनेछ ।

७.यसमा उल्लेख नभएका कुराहरु नेपाल सरकारको सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ अनुसार हुनेछ ।

८.प्राप्त शिलबन्दी बोलपत्र आह्वान गरिएको ३१औँ दिनमा संस्थाको मुख्य कार्यलयमा खोलिनेछ । सो दिन सार्बजनिक  बिदा परेमा बिदा पछि कार्यालय खुलेको दिनमा हुनेछ ।

९. बोलपत्र सम्बन्धी अन्य कुराहरु बुझ्नु परेमा संस्थाको कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।

बिस्तृत जानकारीका लागिः–हिमालय सामुदायिक मुक्ति समाज (हिम्स नेपाल)  निलकण्ठ–४, धादिङबेसी,

सम्पर्क : . ०१०–५२०६२३, [email protected]

नोट : वोलपत्र फारम, [email protected]  मा विक्रेताको विस्तृत विवरण उल्लेख गरी निवेदन दिई माग गर्न सकिनेछ । साथै बोलपत्र फारममा नै दरभाउ उल्लेख गरी बुझाएको हुनुपर्नेछ ।

२०७४ बैशाख १९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: