

१७ बैशाख, धादिङ –
उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् ।
प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउने निर्णयप्रति असहमित जनाउँदै निधिले पदबाट राजीनामा दिएको स्रोतले जनाएको छ ।
गृहमन्त्री निधिले महाभियोगका विषयमा आफूसँग सरसल्लाह नगरेको भन्दै सभापति शेरबहादुर देउवासँग असहमति जनाएको स्रोतको भनाइ छ ।
असन्तुष्ट रहेका निधिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई करिव पाँच बजेतिर भेटेर आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।
२०७४ बैशाख १७ गते प्रकाशित