सरिता श्रेष्ठ / १७ बैशाख, धादिङ –
भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि भत्किएका विद्यालयहरुको पुननिर्माण हुन सकेको छैन । विद्यालय पुननिर्माण नहुदाँ अझै पनि टहरामा नै बसेर पढ्न बाध्य छन् ।
२०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पले धादिङ जिल्लामा २ हजार ९ सय ६० कक्षाकोठा पूर्ण रुपमा क्षति भएका छन् । कुल ५ हजार १ सय १५ वटा कक्षा कोठा रहेकोमा ७ सय ६५ कक्षाकोठा आंशिक रुपमा क्षति भएका छन् ।
जिल्ला आयोजना कार्यन्वयन इकाइ समिति धादिङका प्रमुख ईश्वरी प्रसाद घिमिरेका अनुसार धादिङ जिल्लामा १ सय २७ माध्यमिक र ४ सय ५० आधारभूत गरि ५ सय ७७ वटा विद्यालय रहेकोमा अहिलेसम्म ६१ वटा विद्यालयका २ सय ३८ वटा मात्रै कक्षाकोठा निर्माण भएका छन् । भूकम्पले विद्यालयको भवन नै भत्काएपछि त्रिपाल र अस्थायी टहरा बनाई पढाई सुचारु गरेका विद्यालयहरुमा विभिन्न संघसंस्था तथा विद्यालय आफैले पनि विद्यालय भवन निर्माण गरेका छन् ।
भूकम्पपछि भत्किएको विद्यालय पुननिर्माणका लागि दाताहरुको पखाईमा रहेपनि सहयोग नदेखिएपछि स्थानीयको सक्रियतामा विद्यालय भवन निर्माण गरिएको छ । सरकारको भर प¥यौ तर पखाईमा नै सिमित भयौँ । आफ्ना बालबच्चाहरुको पढाईमा अवरोध आउँला भनेर आफै आफै मिलेर विद्यालय निर्माण गरेका छौँ स्थानीयहरुको भनाई छ ।
भूकम्पपछि आंशिक क्षति भएका ७ सय ६५ कक्षाकोठा मध्ये १ सय ९२ कक्षाकोठा मात्र मर्मत गरी सञ्चालनमा आएका छन् । बाँकी ५ सय ८३ कक्षाकोठाको मर्मत कार्य अझैसम्म पनि हुन सकेको छैन । ‘विद्यालय पुनर्निर्माणका लागि स्रोत खोजिरहेका छौं, “प्राथमिक तहका विद्यालयहरू पुनर्निर्माणमा स्रोत जुटाउन धौ–धौ छ दाताको खोजी गरे पनि भेट्टाउन सकेका छैनौँ”–जिल्ला आयोजना कार्यन्वयन इकाइ समिति धादिङका प्रमुख घिमिरेले पाविलन्यूज डटकमलाई भने । विद्यालय भवन निर्माण गर्न भनी आएका कतिपय संघसंस्था निर्माण सम्झौता सकेपछि फेरि नफर्किएका कारण पनि पुननिर्माणमा ढिलाई भएको घिमिरेले बताए ।
विद्यालय निर्माणका लागि भारतीय राजदुतावासको आर्थिक सहयोगमा १० वटा र एनजीओ आइएनजीको सहयोगमा ८ सय ६४ वटा कक्षाकोठा निर्माणका लागि सम्झौता गरिएको छ । तर पनि कहिलेदेखि विद्यालय भवन बन्न सुरु हुने हो अन्यौलमा छ । यस वर्षको शैक्षिक सत्र पनि सुरु भइसकेको छ तर यस वर्षपनि केही विद्यालयका विद्यार्थीले टहरोबाटै शिक्षा लिनुपर्ने बाध्यात्मक अवस्था सुजना भएको छ ।
अहिले ३ सय ५४ कक्षाकोठा निर्माण कार्य भइरहेको छ । ४/५ महिनामा निर्माण कार्य सम्पन्न भइसक्ने कार्यलयले बताएको छ । केन्द्रिय आयोजनाले १८ वटा विद्यालय र रािष्ट्रय पुननिर्माण प्राधिकरण मार्फत जिल्ला आयोजना कार्यान्वयन इकाईले १ सय ९ विद्यालयका ३ सय ३८ वटा कक्षाकोठा निर्माण गर्ने बताइएको छ । निर्माणका लागि सम्झौता भइरहेको छ ।
पुनर्निर्माणका लागि कुुल लाग्ने रकम, पुुननिर्माणमा देखिएको हालसम्मको प्रगति र स्रोत परिचालनको अवस्था हेर्दा अहिले अस्थायी टहरामुुनि बसेर पढिरहेका विद्यालयका विद्यार्थीले कहिलेसम्म कष्ट सहनुुपर्ने हो भन्ने निश्चित छैन । दाताले दिएको रकम सम्बन्धित विद्यालयसम्म पुु¥याउने क्रममा हुने प्रक्रियागत झन्झट र सम्बन्धित निकायबीच समन्वयन हुुन नसक्दा पुननिर्माण कार्यले गति लिन सकेको छैन ।
विद्यालय निर्माणमा ढिलाई भएका कारण विद्यार्थीहरु अझैसम्म पनि अस्थायी टहरामा नै बसेर पढन् बाध्य छन् । पुननिर्माण कार्य प्रभावकारी नहुँदा विद्यार्थीहरू कष्टप्रद अवस्थामा पढ्न बाध्य छन् । भत्किएका विद्यालय निर्माणकार्य तीन वर्षभित्रमा सक्ने शिक्षा मन्त्रालयको योजना छ । तर दुई वर्ष बितिक्यो अझै सुरुवात हुन सकेको छैन ।
२०७४ बैशाख १७ गते प्रकाशित