शंकर श्रेष्ठ
१ फागुन, धादिङ ।
माओवादीहरुले धादिङमा छुट्टाछुट्टै कार्यक्रम गरी शुक्रबार २० औं जनयुद्ध दिवस मनाए । २०५२ सालमा सशस्त्र द्वन्द सुरु गर्दाको नेकपा माओवादी पछि ‘एकिकृत नेकपा माओवादी’ नामकरण गरिएपनि शान्ति प्रकृया अघि र पछि संगै विभिन्न चार चिरामा विभाजित भएका छन् ।
पुष्प कमल दाहाल नेतृत्वको एकिकृत नेकपा माओवादी, मोहन वैद्य नेतृत्वको नेकपा माओवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले धादिङमा अलग अलग कार्यक्रम गरी शुक्रबार २० औं जनयुद्ध दिवस मनाएका हुन् । २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा सार्वजनिक स्थलहरुमा कालो झण्डा गाडेका छन् ।
जनयुद्ध दिवस मनाउने क्रममा एमाओवादी केन्द्रिय सदस्य पुष्पविक्रम मल्लले धादिङबेसीमा पत्रकार सम्मेलन गरी चिया र चक्लेट बाँडेर जनताको बलिदानीले प्राप्त गरेको उपलब्धी सस्थागत हुन नसकेको उद्घोष गरे । सरकारको नेतृत्व गरिरहेका काँग्रेस र एमालेकै कारण देशले नयाँ संविधान पाउन नसकेको टिप्पणी गर्दै दलहरुले १० वर्षे जनयुद्धबाट प्राप्त उपलब्धिलाई वेवास्ता गरेको समेत आरोप लगाए ।
एमाले काँग्रेसले राजा ज्ञानेन्द्रले जस्तै प्रतिगामी कदम चाल्न खोजेको पनि शंका व्यक्त गरे । क्रान्ति अझै बाँकी रहेको भन्दै मल्ले कार्यकर्तालाई रातो टिका पहिर्याए । कार्यकर्तालाइ पहि¥याइएको टिका आन्दोलनमा जानका निम्ती निर्देशन हो वा विजयीको टिका हो त्यो भने खुलाएनन् । भर्खरै पार्टी फुटाएका विप्लप समूहले शुक्रबार मध्य दिउँसो धादिङबेसीमा पञ्चेवाजा सहित ¥याली निकाल्यो । झमझम बाजाको तालमा लगाइएको नारा र सहभागीको आकर्षणले युद्धतर्फ प्रवेश गर्न खाजेको हो वा जितेर फर्केको हो छुट्याउन हम्मेहम्मे भयो । एक्कासी पञ्चेबाजा बजेपछि कतैबाट जन्ती आएको त हैन ? भन्दै बजारबासीहरुले बेहुला बेहुलीको खोजी गरेजस्तो गरी नियालेका थिए । सोधिरहेका थिए, ‘यो के गरेको हो ?’
अर्काे तर्फ बैद्य माओवादीले साँझपख दिपावली गरेर जनयुत्तद्ध मनायो । दोश्रो संविधानसभा निर्वाचन वहिस्कार गरेको शक्तिले आफ्नो जनयुक्त दिवस दिपावली गरेर मनाइरहँदा आसपासका जनता सहभागी भए । संविधान सभा वहिस्कार गरेको शक्तिले दिपावली गरेर संधिान निर्माण प्रकृयामा सहयोग गर्न आँटेका हुन् वा असहयोग गरेका हुन् आँकलन गर्न नसकिएको हेर्न जानेहरुले प्रतिक्रिया दिए ।
नयाँ जनवादी क्रान्तिको लक्ष्यसहित बन्दुक उठाएर रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकी तथा सरकारी बैंकमा एकसाथ आक्रमण गरी सशस्त्र युद्ध थालेको तत्कालिन नेकपा माओवादीले २०६३ मंसिर ५ गते तत्कालिन सरकारसँग शान्ति सम्झौता गर्दै हतियार बिसाएको थियो ।
राष्ट्रिय मानव अधिकार आयोगको तथ्यांक अनुसार १० वर्षसम्म चलेको युद्धमा राज्य र विद्रोही दुबै पक्षबाट १७ हजारभन्दा बढी नागरिक मारिए भने हजारौं व्यक्ति घाइते र अंगभंग भएका छन् । दुवै पक्षबाट हजारौंको संख्यामा नागरिक वेपत्ता पारिए । विस्तृत शान्ति सम्झौता भएको ८ वर्ष पूरासँगै दुई पटक सरकारको जिम्मेवारी सम्हालिसकेको विद्रोही माओवादीले जनताले अनुभूति गर्ने गरी युद्धको औचित्य भने पुष्टि गर्न सकेको छैन ।