१२ बैशाख, धादिङ –
नयाँ शक्ति नेपाल पार्टी धादिङले बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार तोकेको छ ।
जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ नगरपालिकाको मेयरमा केशव अधिकारी र धुनीबेसी नगरपालिकाको मेयरका लागि शुरेन्द्र तामाङलाई उम्मेदवारीका लागि निर्णय गरेको छ ।
त्यस्तै रुविभ्याली गाउँपालिकामा इमान तामाङ, खनियाबास गाउँपालिकामा इन्द्र बहादुर तामाङ, नेत्रावती गाउँपालिकामा बिर बहादुर तामाङ, गंगाजमुना गाउँपालिकामा सरस्वती सिंम्खडा, त्रिपुरासुन्दरी गाउँपालिकामा हरि धरेललाई अध्यक्षको उम्मेदवारी बनाउने निर्णय गरिएको छ ।
त्यसैगरी गजुरी गाउँपालिकामा दिनेश भण्डारी, गल्छी गाउँपालिकामा नकुल थापालाई अध्यक्षको उम्मेदवारी बनाउने निर्णय गरिएको नयाँ शक्ति नेपाल पार्टी धादिङले जनाएको छ ।
२०७४ बैशाख १२ गते प्रकाशित