हामी चुनावी माहोलमा छौं । गाउँ, सहर, देश, विदेश जताततै स्थानीय निर्वाचनको चर्चाले स्थान पाइरहेको छ । मेलापात, धारा, पधेंरा, चियापसल, चौतारा देखि सामाजिक संजाल, पत्रपत्रिका, अनलाईन मिडिया, रेडियो, टेलिभिजनमा स्थानीय निर्वाचनको कुरा हुन थालेका छन् । झट्ट हेर्दा यतिबेला नेपाली जनताको घर दैलोमा एउटा ठुलै चाड आएको जस्तो महसुस हुन्छ । बिभिन्न राजनैतिकदलका नेता तथा कार्यकर्ताहरु यतिबेला चुनावी माहोल आफ्नो पक्षमा बनाउन दौडधुप गर्न थालेका छन् । यसै सन्दर्भमा पाविलन्यूज डटकमका संवाददाता अस्मिता खतिवडाले धादिङका ३ प्रमुख राजनितिक दलका नेताहरुसंग तपाईंको पार्टीको मुख्य एजेण्डा के ? र जित्यो भने के गर्नुहुन्छ भनेर सोधेका छन् ।
जितेको ५ वर्षमा गाउँको अनुहार फेर्नेछौं
भुमि त्रिपाठी
अध्यक्ष, नेकपा एमाले धादिङ
धेरै भुकम्प पीडितहरु अहिले पनि त्रिपालमुनी बस्न बाध्य हुनुपरेको प्रशङ्गलाई जोड्दै नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले वास्तविक भुकम्प पीडितहरुलाई न्याय दिलाउने कुरामा नेकपा एमाले धादिङ सधैं तत्पर रहेको बताएका छन् । लाभग्राहीको सुचिमा नाम समावेश नभएका वास्तविक भुकम्प पीडितहरुको पहिचान गरि गुनासो संबोधनमा सहयोग पु¥याऊन पार्टी लागि पर्ने उनले बताए । आगामी निर्वाचनमा नेपाली नेकपा एमालेको मुख्य एजेण्डा के भन्ने प्रशङ्गमा त्रिपाठीले हरेक गाऊँपालिका र नगरपालिकाहरुमा स्पष्ट योजनाका साथ अगाडी बढ्ने र त्यहाँ भौतिक रुपमा यातायात, विद्युत, खानेपानी, स्वास्थ्य, शिक्षाको सुविधा लगायतका कुरामा ध्यान दिंदै ५ वर्षमा गाऊँको मुहार परिवर्तन गर्ने दाबी गरे । उनले भने– “बैशाख महिनाको अन्तिममा स्थानिय तहको निर्वाचन सम्पन्न हुँदैछ । यो निर्वाचनमा सबैले एकदमै सक्रियताका साथ भाग लिनुहुन्छ भन्ने हाम्रो पार्टी नेकपा एमालेको विश्वास छ । नयाँ संविधान जारी भइसकेपछि नेपाली जनताहरु अधिकार सम्पन्न भएका छन् । सिंहदरबारमा रहेको अधिकार अब हाम्रै गाउँघरमा आऊँदैछ । यो अधिकारलाई हामी सबै आतुर छौं । यो निर्वाचनमा कस्लाई जिताऊने, कस्लाई मतदान गर्ने भन्ने विषयमा पनि एकदमै छलफल भइरहेको छ ।
यो निर्वाचन खासगरी यो मुलुकमा राजनितिक परिवर्तन भइसकेपछि जनता अधिकार सम्पन्न भइसकेपछि पहिलोपटक हुँदैछ । अब हामी आर्थिक सम्वृद्धीको अभियानमा जुटेका छौं, जसको अगुवाई हाम्रै पार्टीका अध्यक्ष के.पी ओलीको नेतृत्वमा भएको थियो । यो जिल्ला लगायत भुकम्प प्रभावित जिल्लाहरुमा हाम्रो पार्टी नेकपा एमालेलाई निकै आशाको रुपमा हेरिएको छ । खासगरि पुननिर्माण भन्दा अगाडी धेरै भुकम्प पिडितहरुको नाम छुटेको छ । धेरै भुकम्प पडितहरु अहिले पनि त्रिपालमुनी बसेका छन् । लाभग्राहीको सुचिमा नाम समावेश भएको छैन । छुटेका नामहरुको सन्दर्भमा के हुँदैछ, गुनासो फर्महरु कहाँ पुगेका छन् भन्ने कुराको कुनै अत्तोपत्तो छैन । हामी गाऊँगाऊँमा आर्थिक सम्वृद्धीको पाटोलाई लिएर जानेछौं । खासगरि हाम्रो पार्टि नेकपा एमालेलृ विजय हासिल गरिसकेपछि हरेक गाऊँपालिका र नगरपालिकाहरुमा स्पष्ट योजनाका साथ हामि अगाडी जानेछौं । लाभग्राहीको सुचिमा छुटेका नामहरुलाई हामी समावेश गर्नेछौं । वास्तविक भुकम्प पीडितहरुलाई न्याय दिलाउने कुरामा हामी लाग्नेछौं र ति वस्तिहरुको सुन्दर पुननिर्माणमा हामी ध्यान दिनेछौं । त्यहाँ भौतिक रुपमा यातायात, विद्युत, खानेपानि, स्वास्थ्य, शिक्षाको सुविधा लगायतका विविध कुरामा हामी ध्यान दिनेछौं । र, पाँच वर्ष हामिले स्थानिय सरकार, गाऊँ सरकार, वडा सरकार चलाइसकेपछि त्यो स्थानको तस्विर कस्तो हुन्छ भनेर हामी जनतालाई देखाउने छौं र गाऊँको अनुहार परिवर्तन गर्नेछों । यो योजनाको साथ हामी निर्वाचनमा आउँदैछौं । हामी जनतालाई सधैं विश्वास गछौं । जनतालाइ हामी न्यायोचित ठान्दछौं । जननेता मदन भण्डारीको भनाई छ– हामी जनतालाई भगवान ठान्दछौं, देवता मान्दछौं र जनताको सेवालाई हामी धर्म ठान्दछौं । र सहि विस्वासका साथ हामी निर्वाचन लड्नेछौं, जित्नेछौं र जितिसकेपछि ५ वर्षभित्र गाउँको मुहार फर्नेछौं । ”
“पुननिर्माणको काममा लागि पर्नेछौं”
भक्त लामा
उपसभापती, नेपाली कांग्रेस धादिङ
अबको पुननिर्माणलाई सुरक्षित र बलियो बनाउनका लागि नेपाली कांग्रेस धादिङ विशेष योजना सहित अगाडी बढ्ने नेपाली कांग्रेस धादिङका उपसभापती भक्त लामाले बताएका छन् । आगामी निर्वाचनमा नेपाली कांग्रेस धादिङको मुख्य एजेण्डा के भन्ने प्रशङ्गमा नेपाली काँग्रेस धादिङका उपसभापति भक्त लामाले स्थानिय स्तरमा उपलब्ध सामग्रीको पूर्ण प्रयोग गर्दै अबको पुननिर्माणलाई चुस्त गतिमा अगाडी बढाई पुननिर्माणको काममा जनतालाई सहयोग पु¥याऊनु नै आफ्नो पार्टीको मुख्य एजेण्डा भएको बताए । उनले भने – “करिव २० वर्ष पश्चात स्थानिय निर्वाचनको माहोल जनताको घरघरमा छाएको छ । स्थानिय नेतालाई निर्वाचित गराएर सिंहदरबारको अधिकारलाई आफ्नो गाउँबस्तीमा स्थापित गराउनका लागि सबै आतुर छन् । हाम्रो पार्टी नेपाली काँग्रेस पनि जनस्तरमा जनताको अधिकार लिएर जाँदैछ । त्यसैले पनि अबको पालो हाम्रै हो । स्थानिय स्रोत साधनको भरपुर उपयोग गरेर अबको पुननिर्माणलाई सुरक्षित र बलियो बनाउन हाम्रो पार्टी सधैं लागिरहनेछ ।”
संविधान कार्यन्वयनमा लागि पर्नेछौं
राम बहादुर भण्डारी
उपाध्यक्ष, नेकपा माओवादी केन्द्र, धादिङ
संविधान कार्यन्वयन नै नेकपा माओवादी केन्द्र धादिङको मुख्य एजेण्डा भएको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष राम बहादुर भण्डारीले बताएका छन् । पाविल न्युजडटकम संग कुरा गर्दै उनले विजय हासिल गर्नको लागि माओवादी पार्टीले अहिले लिएको निति भनेको संविधानमा उल्लेख भएका मद्धा तथा उपलब्धीहरुलाई संस्थागत गरेर अगाडी जाने र संविधानमा समेट्न नसकिएको मुलुकका अत्यावश्यक मुद्धाहरुलाई अगाडी बढाउनका निम्ती प्रयत्न गर्ने भएको बताए । उनले भने– “जनयुद्ध जनआन्दोलन पछि संविधान सभा हुँदै संविधान जारी भइसकेपछि माओवादीले जुन किसिमले गणतन्त्र, धर्मनिरपेक्ष, समावेशी, समानुपातिकको मुद्धा नै माओवादीको निति हो । त्यो नितिलाई कार्यन्वयन गर्नको निम्ती माओवादी पार्टी अहिले स्थानिय निकायको निर्वाचनको लागि देशव्यापी रुपमा स्थानिय तहमा योग्य र सक्षम उमेद्वारहरु जसलाई आम देशको समस्या, आज जनताको समस्या थाहा छ, त्यस्ता सक्षम नेतृत्वको छनोटको प्रक्रियामा छ । हाम्रो पार्टीको विजयपछि हाम्रो पार्टीको एजेण्डालाई कार्यन्वयन गर्ने, संविधानमा उल्लेख भएका मद्धा तथा उपलब्धीहरुलाई संस्थागत गरेर अगाडी जाने र हाम्रो संविधानमा समेट्न नसकिएको मुलुकका अत्यावश्यक मुद्धाहरुलाई अगाडी बढ्नको निम्ती आफ्नो तर्फबाट एकदमै प्रयत्न गरिरहनेछौं । त्यस्तै विकास निर्माणको सवालमा उर्जा, पर्यटन र यातायातको निम्तिी लागिपर्नेछौं । त्यसपश्चात स्वास्थ्य, शिक्षा, रोजगार लगायतका जनताका आधारभुत मुद्धाहरुमा हाम्रो पार्टीले जोड दिनेछ । हाम्रो मुख्य एजेण्डा भनेको संविधान कार्यन्वयन हो ।”
२०७४ बैशाख ११ गते प्रकाशित