Wed. Mar 12th, 2025

घुस लिँदालिदैं डिभिजन सडक कार्यालयका लेखा अधिकृत पक्राउ

akhtiyar
भक्तपुर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन सडक कार्यालय भक्तपुरका लेखा अधिकृत तिर्थ बहादुर बस्नेतलाई घुस लिँदालिदैंको अवस्थामा पक्राउ गरेको छ ।

जिम्मा निर्माण सेवाका ठेकेदारसँग २० हजार रुपैयाँ नगदसहित अख्तियारको टोलीले बस्नेतलाई पक्राऊ गरेको हो । आयोगका अधिकृत लीलाधर अवस्थीको नेतृत्वमा आएको सात जनाको टोलीले सडक डिभिजन कार्यालय भक्तपुरमा अनियमितता हुँदैछ भन्ने जानकारीको आधारमा टोली आएको बताएका छन् ।

अख्तियारले घुस दिने जिम्मा निर्माण सेवाको फाईल अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

About The Author

अन्य समाचारहरु: