Tue. Nov 26th, 2024

विश्व बैंकद्धारा नेपालको प्रशंसा, यस्तो छ कारण

world bank
९ वैशाख, काठमाडौं – 

नेपालको मुख्य दाता विश्व बैंकले उच्च आर्थिक वृद्धि हासिल गरेको भन्दै नेपालको प्रशंसा गरेको छ । अमेरिकाको वासिङटन डिसीमा भएको बैठकमा बैंक अधिकारीले नेपालको प्रशंसा गरेका हुन् ।

चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशत हुने प्रक्षेपण विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले गरेका छन् । केही महिनाअघि साढे ५ प्रतिशतको आर्थिक वृद्धि प्रक्षेपण गरेको आइएमएफले हालै मात्र आफ्नो प्रक्षेपण बढाएर साढे ६ प्रतिशतको आर्थिक वगृद्धि हुने अनुमान गरेको थियो ।

विश्व बैंक समूहमध्येका एक कार्यकारी निर्देशक एन्डिन ह्यादियन्तोले नेपाललाई आर्थिक वृद्धिदर उच्च बनाएको भन्दै नेपाली टोलीलाई बधाई दिएको छ । नयाँ पत्रिका दैनिकबाट

२०७४ बैशाख ९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: