८ बैशाख, धादिङ –
धादिङमा रहेको एकमात्र चलचित्र हल ओम शान्ति चलचित्र मन्दिरमा शुक्रबारबाट चलचित्र ‘घामपानी’ प्रदर्शन भएको छ ।
वैशाख १ गतेबाट देशभरका हलहरुमा यो चलचित्र रिलिजभएपनि धादिङमा भने शुक्रबारबाट प्रदर्शनमा आएको हो । धादिङमा मध्यान १२ बजे र दिउँसो ३ बजे दुई सो प्रदर्शन हुने छ ।
चलचित्रले २ फरक जातका यूवा यूवतीको प्रेम कथालाई समेटेको छ । चलचित्रका मुख्य कलाकार दयाहाङ राइ र केकी अधिकारीविचको प्रेम देखाइएको छ ।
सिनेमा आर्ट प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको चलचित्रलाई संचारकर्मी दिपेन्द्र लामाले निर्देशन गरेका छन् ।
२०७४ बैशाख ८ गते प्रकाशित