Fri. Jan 31st, 2025

बुढीगण्डकीको कम्पनी मोडल प्रस्ताव परराष्ट्रमन्त्री महतले रोके

budigandaki-
७ बैशाख,  धादिङ  –

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजनाको कम्पनी मोडल प्रस्ताव परराष्ट्रमन्त्री डा। प्रकाशशरण महतले  रोकेका छन् । विहिबार बसेको मन्त्रिपरिषद् बैठकमा महतले  रोकेका हुन् ।

ऊर्जा मन्त्रालयले तीन महिना पहिले नै कम्पनी ढाँचामा सो आयोजनालाई अगाडि बढाउने प्रस्ताव दर्ता गराएको थियो । ऊर्जा मन्त्रालयले राखेको प्रस्ताव पारित गराउने विषयमा दर्जनौ पटक छलफल भएपनि विगत तीन महिनादेखि रोकिएको रोकिएकै छ ।

बुढीगण्डकीको प्रस्ताव आउने वित्तिकै परराष्ट्रमन्त्री समेत रहेका नेपाली काँग्रेसका नेता प्रकाशशरण महतले यो प्रस्ताव कुनै पनि हालतमा पारित हुँदैन भन्दै, छलफल आवश्यक छ, कसरी पारित हुन्छ, यो हुँदै हुँदैन भन्दै अवरोध गरेका हुन् ।

मन्त्रिपरिषद्मा सो प्रस्ताव पाँच पटक पेश भइसकेको छ, तर सधै पारित हुनबाट रोकिएको छ, काँग्रेसको नियत बुढीगण्डकी बनोस भन्नेमा नदेखिएको एक मन्त्रीले भने ।

ऊर्जा मन्त्रालयले तीन महिना पहिले नै कम्पनी ढाँचामा सो आयोजनालाई अगाडि बढाउने प्रस्ताव दर्ता गराएको थियो ।

ऊर्जाको प्रस्ताव पटक–पटक रोकिएपछि ऊर्जामन्त्री शर्मा, प्रधानमन्त्री प्रचण्डसँग पनि रिसाएका छन् । प्रधानमन्त्रीले लौ पास भयो भनिदिए पास हुने व्यवस्था रहँदा पनि प्रधानमन्त्री नै चुप बसेको छन् ।

आयोजना अगाडि बढाउने लक्ष्यका साथ पाँच अर्ब रुपैयाँ मुआब्जा वितरण भइरहेको छ । धादिङ र गोरखामा दुई करोड पचास लाखका रुपैयाँमा दरले मुआब्जा वितरण भइरहेको छ ।

कम्पनी बनाउने विषयमा अर्थ, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले आवश्यक प्रक्रिया पु¥याएको र सैद्धान्तिक स्वीकृतिसमेत भइसकेको अवस्थामा पटक पटक सत्ता साझेदार नेपाली काँग्रेसका मन्त्रीहरुले नै प्रस्ताव पारित हुनबाट रोक्ने गरेका छन् ।

२०७४ बैशाख ७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: