Mon. Mar 10th, 2025

देउवासँग प्रधानमन्त्रीको गुनासो – गृहमन्त्रीबाट सहयोग पाइनँ

parchanda

६ वैशाख, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा प्रमुख सहयोगी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तह निर्वाचन गराउन असहयोग गरेको गुनासो गरेका छन ।

गृहमन्त्री निधिको ‘असहयोगी व्यवहार’ तथा विवादास्पद अभिव्यक्ति’ का कारण निर्वाचन गराउन असहज भएको गुनासो प्रधानमन्त्री प्रचण्डले देउवासँग गरेका हुन ।

प्रधानमन्त्रीले गृहमन्त्रीका पछिल्ला व्यवहारलाई गम्भीरतापूर्वक लिइदिन पनि देउवासँग आग्रह गरेका छन । प्रदेश नम्बर ३ अन्तर्गतका माओवादी केन्द्रका पोलिटब्युरो सदस्यको चुनावकेन्द्रित संयुक्त बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूले देउवासँग गुनासो गरेको जानकारी गराएका छन् ।
नागरिक दैनिकबाट ।
२०७४ बैशााख ६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: