
३ बैशाख, धादिङ –
नेपाली काँग्रेस धादिङले बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि ११५१ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ ।
समितिको संयोजकमा सचिव हरिराम बुर्लाकोटी र सह संयोजकमा नेपाल प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारी र सदस्यहरुमा जिल्ला कार्य समितिका सबै, क्षेत्रीय कार्य समितिका सबै, महा समिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, गाउँ, नगर, नगर वडा कार्य समितिका सबै, भातृ संस्थाहरु रहेका छन् ।
त्यस्तै भिम प्रसाद ढुंगानाको संयोजकत्वमा आर्थिक समिति, झंकनारायण श्रेष्ठको संयोजकत्वमा घोषणा पत्र निर्माण समिति गठन गरिएको नेपाली काँग्रेस धादिङले जनाएको छ । त्यस्तै स्थानीय तह निर्वाचन प्रयोजनका लागि सबै स्थानीय तहमा विशेष प्रतिनिधि खटाएको छ ।
नीलकण्ठ नगरपालिकामा विकास श्रेष्ठ, धुनीबेसी नगरपालिकामा गोविन्द पाण्डे, थाक्रे गाउँपालिकामा भीमसेन सुयेल, गल्छी गाउँपालिकामा विदुर कार्की, गजुरी गाउँपालिकामा राजकुमार अधिकारी, बेनीघाट रोराङ गाउँपालिका कविता इटनी, सिद्धलेक गाउँपालिकामा हरि नेपाल, ज्वालामुखी गाउँपालिकामा नरेन्द्र भट्ट, त्रिपुरासुन्दरी गाउँपालिकामा नवराज तिमल्सिना, गंगाजमुना गाउँपालिकामा जय बहादुर गुरुङ, नेत्रावती गाउँपालिकामा राम प्रसाद अधिकारी, खनियावास गाउँपलिकामा जेम्स अनारस र रुबीभ्याली गाउँपालिकामा खे लामा तामाङलाई प्रतिनिधि खटाइएको छ ।
२०७४ बैशाख ३ गते प्रकाशित