

३ बैशाख, धादिङ –
सरकारले राष्ट्रपति विद्या भण्डारी भारत भ्रमणमा जाने र आउने दुबै दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिको भारत भ्रमण स्वीकृत गर्दै विदाको निर्णय गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारी ३४ सदस्यीय टोलीसहित भोलि भारत भ्रमणमा जाँदैछिन् । राष्ट्रपतिका रुपमा उनको यो पहिलो विदेश भ्रमण हुनेछ ।
विगतमा राजाहरुको विदेश भ्रमणमा निस्कँँदा सार्वजनिक विदा दिने प्रचलन थियो । गणतन्त्र स्थापना पछि यो प्रचलन हट्यो । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति विदेश भ्रमणमा जाँदा सार्वजनिक विदा दिइएन ।
२०७४ बैशाख ३ गते प्रकाशित