

२ बैशाख, धादिङ –
बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले धादिङका गाउँपालिकामा उम्मेदवार छनोट गरेका छन् ।
थाक्रे गाउँपालिकाको अध्यक्षमा रामकुमार आचार्य र उपाध्यक्षमा अम्बिका रुपाखेतीलाई सर्वसम्मत रुपमा उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपा एमाले थाक्रे गाउँपालिका संगठन कमिटी धादिङको शनिबार बसेको बैठकले सर्बसम्मत रुपमा निर्णय गरिएको हो ।
आचार्य र रुपाखेती दुवै नेकपा एमाले जिल्ला कमिटि धादिङका सदस्य हुन् । नेकपा एमालेले यसअघि त्रिपूरासुन्दरी गाउँपालिका र खनियाबास गाउँपालिकाका लागि अध्यक्ष र उपाध्यक्षको उम्मेदवार छानिसकेको छ ।
निर्वाचनका लागि नेपाली काँग्रेस र माओवादी केन्द्रले पनि विभिन्न गाउँपालिकाहरुमा उम्मेदवार छान्ने र चुनावी प्रचारप्रसारका कार्यहरु गरिरहेका छन् ।
२०७३ बैशाख २ गते प्रकाशित