Thu. Jan 9th, 2025

धादिङका गाउँपालिकामा दलहरुले तोक्न थाल्यो उम्मेदवार

dhading map

Add New

२  बैशाख,  धादिङ  –

बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि धादिङका नगरपालिका र गाउँपालिकामा उमेदबारहरुको छनौट हुन थालेको छ ।

२ नगरपालिका र ११ वटा गाउँपालिका रहेको धादिङ जिल्लामा प्रमुख दलहरु नेपाली काँग्रेस र नेकपा एमालेले गाउँपालिकाहरुमा उम्मेदवार छनोट गर्न थालेका हुन् ।

नेपाली काँग्रेस धादिङले त्रिपुरासुन्दरी गाउँपालिकामा बासु तिमिल्सीना, नेत्रावती गाउँपालिकामा टेकजङ लामा र खनियावास गाउँपालिकामा रणबहादुर तामाङलाई अध्यक्षको उम्मेदवार बनाउन क्षेत्रिय कमिटिले सिफारिस गरेर जिल्लामा पठाएको नेपाली काँग्रेस धादिङले जनाएको छ ।

यी गाउँपालिकाहरुमा अध्यक्ष पदका लागि मात्र छनोट गरिएको छ । अन्य पदका लागि भने पछि सिफारिस गर्ने जनाइएको छ । त्यस्तै नेकपा एमालेले त्रिपुरासुन्दरी गाउँपालिकामा मुलपानी मुर्चोक निवासी शम्भु थापालाई अध्यक्ष र सल्यानटार शितलबजार निवासी सपना थापा श्रेष्ठलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यस्तै खनियावास गाउँपालिकाको अध्यक्षमा दार्खा ब्रिचेत निवासी प्रदिप फ्युबा तामाङ र उपाध्यक्षमा झार्लाङ निवासी सुष्मा तामाङ, रुविभ्याली गाउँपालिकामा लापा निवासी जीवन तामाङलाई अध्यक्षको उम्मेदवार बनाउने गरी क्षेत्रिय कमिटिले जिल्लामा पठाएको नेकपा एमाले धादिङले जनाएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिकामा साविकको सल्यानटार, मुलपानी, सल्यानकोट, आगिञ्चोक र त्रिपुरेश्वर गाविस समेटिएको छ भने खनियावास गाउँपालिकामा साविकको झार्लाङ, दार्खा र सत्यदेवी गाविस समेटिएको छ ।

उम्मेदवार मनोनयन गर्ने मिति वैशाख १५ गते भएकाले अन्य गाउँपालिकाहरुमा पनि छनोट कार्य चलिरहेको छ । माओवादी केन्द्रले केही गाउँपालिकामा उम्मेदवार छनोट गरिएको भएतापनि अहिलेसम्म सार्वजनिक गरेको छैन ।

निर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतका दलहरुले गाउँ गाउँमा चुनावी कार्यक्रमहरु गरिरहेका छन् ।

२०७४ बैशाख २ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: