Mon. Mar 10th, 2025

निर्वाचन आचारसंहिता विपरित विद्यालयमा पार्टीको कार्यक्रम

congress- copy

३१ चैत,  धादिङ –

निर्वाचन आचार संहिता विपरित विहिबार नेपाली कांग्रेस धादिङले विद्यालयमा पार्टीको कार्यक्रम गरेको छ ।

स्थानीय तह निर्वाचन नजिकँदै गर्दा कांग्रेसले धादिङ सदरमुकाममा रहेकको निलकण्ठ उच्च माविको हाताभित्रै आचारसंहिता विपरित कार्यक्रम संचालन गरेको हो ।

 निर्वाचन आयोगले झण्डा, व्यानर, निर्वाचन चिन्ह राखेर कुनैपनि कार्यक्रम गर्न नपाउने भएपनि विद्यालय भित्रै यस्तो कार्यक्रमको गरेको छ । कार्यक्रममा नेपाली काग्रेसका जिल्ला तहका नेताहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रममा नीलकण्ठ उच्च माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत थिए ।

    निर्वाचन आचारसंहितामा विद्यालयमा कुनैपनि दलको कार्यक्रम गर्न नपाइने उल्लेख छ ।
विद्यालयमा आचारसंहिता विपरित भएको कार्यक्रमको बारेमा आफुलाई सुन्नमा मात्रै आएको जिल्ला निर्वाचन अधिकारी इश्वर सिंखडाले बताए ।

२०७४ बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि आ आफ्ना दलहरुले प्रचारप्रसारका कार्यलाई तीब्र बनाएको छ ।

२०७३ चैत ३१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: