
३१ चैत, धादिङ –
द्वन्द्वग्रस्त यमनका ९० लाख भन्दा धेरै मानिसलाई तत्लकाल मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले जनाएको छ । तत्लका खाद्य सहायता पुर्याउन नसकेका ति मानिस गम्भीर भोकमरीको चपेटामा पर्ने डब्लुएफपीले जनाएको छ । यमनका सबै क्षेत्रमा भोकमरीको अवस्था रहेको र अहिले मानिसको जीवन रक्षाका लागि तीब्र गतिमा सहयोग गर्नु पर्ने आवश्यकता रहेको यमनका लागि डब्लुएफपीका प्रतिनिधि स्टिफन एन्डर्सनले बताए ।
भोकमरीका कारण आपतकालिन अवस्था सिर्जना भएको र यो अवस्थाको सामना गर्नका लागि एक अर्ब २० करोड अमेरिकी डलर भन्दा बढी आवश्यक पर्ने डब्लुएफपीले जनाएको छ । यमनमा भाकमरी तथा खाद्य सुरक्षाको अवस्था निकै गम्भीर अवस्थामा पुगेको छ ।
तत्काल सहयोग पुर्याउन नसकिए लाखौं मानिसको जीवन जोखिममा पर्ने भएकाले सहयोगका लागि अपिल पनि गरिएको छ । अहिले ६७ लाख भन्दा धेरै मानिसलाई तत्काल आधारभुत खाद्यान्न सहयोगको खाँचो रहेको डब्लुएफपीले जनाएको छ ।
२०७३ चैत ३१ गते प्रकाशित