Mon. Mar 10th, 2025

को बन्लान् नीलकण्ठ नगरपालिकाको मेयर ?

 nilkantha napa

शंकर श्रेष्ठ  / २९ चैत,  धादिङ –

 

 

स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा नगरपालिकामा मेयरका आकांक्षीहरुको चर्चाले तीव्र रुप लिएको छ । नागरिकहरु कुन पार्टीको उम्मेदवार को होलान् भन्ने जान्न आतुर छन् भने आकांक्षीहरु आफ्नो उम्मेदवारीको चर्चा चलाउन व्यस्त देखिएका छन् ।

दलहरुले हालसम्म आधिकारिक उम्मेदवार तोकेका छैनन् । कार्यकर्ताहरुले सम्भावित उम्मेदवारको चर्चा भने तीव्र पारेका हुन् । केही आकांक्षीहरुले सामाजिक संजालहरु मार्फत मेयरका लागि आफुले उम्मेदवारी दिने घोषणा समेत गर्न थालेका छन् ।

धादिङ जिल्लामा निलकण्ठ र धुनिवेसी गरी दुई वटा नगरपालिका छन् । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि दुईवटै नगरपालिकामा नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को बाहुल्यता छ । मेयरका लागि चर्चामा आएका नामहरु भर्खरै राजनीतिमा लागेका यूवादेखि वर्षाैदेखि राजनीतिक क्षेत्रमा देखिएकाहरु समेत छन् । वडा देखि नै मेयरका आकाँक्षीहरु एउटा पार्टीबाट नै २ भन्दा बढी देखिएका छन् ।

 जिल्ला सदरमुकाम रहेकोले नीलकण्ठ नगरपालिकालाई विशेष रुपमा हेरिएको छ । यहाँ मेयरका आकाँक्षीहरु धेरै देखिएका छन् । काँग्रेस, एमाले र माओवादी केन्द्रले आफ्नो जनमत धेरै रहेका दाबी गर्दै आएका छन् । राजधानीसंग जोडिएको धुनिवेसी नगरपालिकामा एमाले, माओवादी र कांग्रेसले आ–आफ्नै दावी गरेका छन् ।

निलकण्ठ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट भिमप्रसाद ढुंगाना, नारायणकुमार श्रेष्ठ, दिपक कोइराला, प्रमुख आकांक्षीका रुपमा देखिएका छन् । ढुंगाना यस अघिको जिल्ला अधिवेशनमा पार्टी जिल्ला सभापतिका प्रत्यासी थिए । रमेश धमलासंग थोरै मतको हार सहेका ढुंगाना कांग्रेसका सबै गुटले प्रस्ताव गर्ने मध्येका एक हुन् । अर्का प्रत्यासी कोइरालाले भने यूवा पुस्ताका प्रख्यात उम्मेदवार भनेर चर्चा पाएका छन् । यूवा पुस्तामा कोइराला र सिनियर पुस्तामा ढुंगानाको लविङ तीव्र बनेको छ । कांग्रेसबाटै प्रत्यासी श्रेष्ठको नाम पनि उत्तिकै चर्चामा छ । श्रेष्ठ जनतामा भन्दा नेतामा बढि प्रभाव राख्ने आकांक्षी हुन् ।

कांग्रेसबाट अन्य दावेदारमा सम्भुसिंह ठकुरी, गोविन्द लम्साल, कल्पना अधिकारी, शिवराम भण्डारी, झम्कनारायण श्रेष्ठ लगायतको नाम आएको छ । पार्टीको सर्बाेच्च निकाय महाधिवेशन समितिको सदस्य भएपनि पूर्वसभापति रामनाथ अधिकारी लगायतका नेताहरु नारायणकुमार श्रेष्ठको पक्षमा देखिएकाले झम्कनारायण ओझेलमा छन् ।

निलकण्ठ नगरपालिकाको मेयरका लागि नेकपा एमालेबाट मुख्य गरी ४ जनाको नामले चर्चा पाएको छ । युवा संघ नेपाल धादिङका पूर्व अध्यक्ष एवं् पार्टी जिल्ला कमिटि सदस्य अर्जुन कुमार श्रेष्ठ (गोर्खाली)को नामले प्राथमिकता पाएको छ । यूवा पुस्ताबाट अगुवाई गरेर आफुले मेयरको उम्मेदवारी दिने तयारी गरेको उनले बताए । प्रदेश कमिटि सदस्य डा.रामकुमार अधिकारी, जिल्ला कमिटि सदस्य पार्वती खाँड, कुलमान वि.क.को नामले पनि उत्तिकै चर्चा बटुलेको छ ।

नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले पनि नगरपालिकाको मेयरका आकांक्षीहरुको नाम उत्तिकै चर्चामा ल्याएका छन् । माओवादी महादिवेशन आयोजक समिति सदस्य कमल सापकोटा नीलकण्ठ नगरपालिकामा पार्टीले टिकट दिए मेयर बन्ने लाईनमा छन् । उनी माओवादी केन्द्रका युवा पुस्ताका नेताका रुपमा चिनिन्छिन् । सापकोटा पर्यटन व्यवसायी पनि हुन् । महादिवेशन आयोजक समितिकै सदस्य मनराज भण्डारी पनि पार्टीबाट मेयरको टिकट लिने दौडमा छन् । त्यस्तै दिपक विश्वकर्मा, सोम्बले तामाङ, युवराज खतिवडा, ध्रुर्व थापा पनि मेयरका आकांक्षी हुन् ।

२०७३ चैत २९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: