
२६ चैत, धादिङ –
स्थानीय तह निर्वाचनमा ८० वटा दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले निकालेको नामावलीमा ८० दल सहभागी हुने जनाइएको छ ।
आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने दलहरुको सार्वजनिक गरेको सूचीमा नेपाली कांग्रेस पहिलो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) दोस्रो र तेस्रो नम्बरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को नाम छ । निर्वाचनमा भाग लिने दलहरुको सूचीको पाँचौं नम्बरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको नाम छ ।
आयोगले सार्वजनिक गरेको सूचीमा अहिलेकै अवस्थामा निर्वाचनमा भाग लिन नसकिने भन्दै आइरहेका मधेसवादी दलहरुको नामसमेत छ ।
२०७३ चैत २६ गते प्रकाशित