Sun. Mar 16th, 2025

सिरियामाथि सैन्य कारबाही गर्ने अमेरिकाको तयारी

siriya
२५ चैत,  धादिङ  –

सिरियामाथिको सम्भावित सैन्य कारबाही बारे अमेरिकाले छलफल थालेको छ । सिरियाका नागरिकको सुरक्षाबारे भन्दै अमेरिकाको रक्षा मन्त्रालय र राष्ट्रपति कार्यालय ह्वाइट हाउसले छलफल थालेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

छलफलमा सिरियाका नागरिकलाई सुरक्षित बसोबासका बारेमा कुराकानी भएको अमेरिकी अधिकारीले बताएका छन् । अमेरिकाका विदेश मन्त्री रेक्स टिलरसनले सिरियाको भविष्यका लागि राष्ट्रपति बसर अल असदको कुनै भूमिका नहरने पनि बताउनु भएको छ ।

मंगलबार सिरियामा भएको रासायनिक आक्रमण गम्भीर विषय भएको र यसको जवाफ त्यही अनुसार नै दिनु पर्ने उहाँको भनाई छ । मंगलबार भएको रासायनिक आक्रमणमा २७ बालबालिकासहित धेरैले ज्यान गुमाएका थिए ।

२०७३ चैत २५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: