Mon. Mar 10th, 2025

स्थानीय तहको निर्वाचनमा नेकपा एमाले बहुमतले विजयी हुन्छ : नेता नेपाल

madhav-nepal-dhading-mahotsab copy

२४ चैत,  धादिङ –

 

 

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा नेकपा एमाले बहुमतले विजयी भई देशकै पहिलो पार्टीको रुपमा स्थापित हुने बताए ।

नेपाल वाणिज्य संघ धादिङले धादिङको गजुरी गाउँपालिकामा बिहिबारदेखि सुरु गरेको कृषि, पर्यटन तथा प्रविधि प्रर्दशनी मेलामा बोल्दै नेता नेपालले देशको उपस्थिति हेर्दा, पार्टीको तुलनात्मक अध्ययन गर्दा, सबै पार्टीको क्रियाकलाप हेर्दा निर्वाचनको माहोल एमालेको पक्षमा निकै नै राम्रो भएको बताए ।

एमालेले आयोजना गरेको मेचीदेखि महाकाली अभियानमा जुन रुपमा जनताको उपस्थिति र एमालेको पक्षमा जनसागर थियो त्यसको स्मरण गराउँदै अबको बाटो एमालेलाई रोज्न आग्रह गरे । नेता नेपालले भने – “एकातिर नेपाली काँग्रेस र माओवादीले गरेका कार्यबाट देश अघि बढ्न नसकेको र अर्कोतिर मधेसी मोर्चाले देशलाई खण्ड खण्ड बनाउने काम गरेको आरोप लगाए । ”

निर्वाचनमा राम्रो नेता, राम्रो जनप्रतिनिधि र सबै क्रियाकलापमा दक्ष भएकाहरुको पक्षमा उभिनका लागि सबैलाई आग्रह गरे । यो देशलाई विकास गर्नु छ भने सुखी नेपाल सम्पन्न नेपाल भन्ने नारालाई सबैले मनन गर्नुपर्नेमा जोड दिए ।

अर्को प्रसङगमा बोल्दै नेता नेपालले कृषिको आधुनिकिकरण र व्यावसायीकरणका लागि योजना बनाएर जानुपर्ने बताए । जिल्लाको आर्थिक, सामाजिक तथा पर्यटन प्रवद्र्धनका लागि योजनाबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

२०७३ चैत २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: