Tue. Nov 26th, 2024

कृषि, पर्यटन, प्रविधि तथा धादिङ महोत्सवको तयारी अन्तिम चरणमा

dhading-mahotsab

२३ चैत,  धादिङ –

धादिङको गजुरी गाउँपालिका वडा नं. ५ गलौदी स्थित त्रिशुुली नदिमा हुने कृषि, पर्यटन प्रविधि प्रदर्शनी तथा धादिङ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक नेपाल राष्ट्रिय वाणिज्य संघ धादिङले जानकारी दिएको छ ।

जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानको दिर्घकालिन लक्ष्य सहित मेला आयोजना गरिएको हो । चैत २४ (भोलि)देखि सुरु हुने मेलाका लागि स्टल निर्माण, मञ्च निर्माण कार्य भइरहेको छ ।

मेलाले जिल्लाको उद्योग, व्यापार, कृषि, पर्यटन शिक्षा र स्वास्थ्य क्षेत्रको प्रवद्र्धनमा पु¥याउने नेपाल राष्ट्रिय वाणिज्य संघ धादिङका अध्यक्ष एवं् मेला आयोजक मूल समितिका संयोजक लोकनाथ डल्लाकोटीले बताए ।
मेलामा सामाजिक अभियान्ता महाविर पुनले आविस्कार गरेका प्रविधि प्रदर्शनी, इन्जिनियरिङ पढ्ने विद्यार्थीहरुको प्रदर्शनी र नयाँ टेक्नोलोजीहरुको प्रयोग मुख्य आकर्षण बन्नेछ ।

कृषि उद्योग र पर्यटनको व्यापक सम्भावना, समृद्ध धादिङ हाम्रो परिकल्पना भन्ने नारा सहित हुन लागेको मेला अवधिमा विशेष छुटमा त्रिशुली नदिमा ¥याफ्टिङ गर्न पाइने आयोजकले जनाएको छ । मेला अवलोकन गर्न आउदा २ सयमा पनि त्रिशुलीमा ¥याफ्टिङ गर्न सकिने व्यवस्था मिलाइएको आयोजक समितिका शालिकराम दुवाडीले जानकारी दिए । ¥याफ्टिङ गर्ने समय र दुरी अनुसार टिकट मिलाइएको छ ।
महोत्सवमा कृषिजन्य वस्तु प्रदर्शनी, स्थानीय तथा स्वदेशी औद्योगिक उत्पादनहरुको प्रदर्शनी तथा विक्री, साँस्कृतिक प्रदर्शनी तथा प्रतियोगिता, जिल्ला भित्रका खनिजजन्य वस्तुको प्रर्दशनी तथा विक्रि, शैक्षिक सामाग्रीको प्रदर्शनी विक्री तथा जानकारी, आदिवासी जनजाती भेषभुषा झाँकी तथा संस्कृति झल्कने विभिन्न कार्यक्रमहरु हुने संघका महासचिव शालिकग्राम दुवाडीले जानकारी दिए ।

मेलामा व्यापार र प्रदर्शनीका लागि एक सय ५० स्टल तयार गरिएको छ । २ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखेको मेलाबाट १० करोड बराबरको कारोबार हुने आयोजकले दावी गरेको छ ।

२०७३ चैत २३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: