
२३ चैत, काठमाडौं –
काठमाडौं उपत्यकामा रहेका सबै पशु बधस्थल उपभोक्ताको स्वास्थ्यका लागि प्रतिकूल रहेको बताइएको छ ।
काठमाडौँ महानगरपालिकाले मङ्गलबार यहाँ आयोजना गरेको पशु बधशाला व्यवस्थापनसम्बन्धी कार्यशालाका सहभागीले उपत्यकामा रहेका सबै पशु बधशाला नियमविपरीत रहेकाले सञ्चालन गर्न रोक लगाइनुपर्नेमा जोड दिए ।
कामपाका कार्यकारी प्रमूख ईश्वरराज पौडेलले पशु बधस्थलको अनुगमन गरी योग्य र अयोग्य भनी स्टिकर टाँस गर्ने बताए ।
पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा। वंशी शर्माले काठमाडौं उपत्यकामा बधस्थलभन्दा पनि मासु सञ्चय गर्नका लागि ९चिस्यान केन्द्र० निर्माण गर्न आवश्यक रहेको बताए ।
उपत्यकामा दैनिक करिब ६०० देखि ७०० राँगा/भैंसी, एक हजार ५ सयदेखि दुई हजार खसी/बोका र करिब दुईलाख किलो कुखुराको मासु र ३०० वटा बङ्गुर खपत हुने गरेको छ ।
उपत्यकामा पशुपक्षी बध गर्दा दैनिक ६० टन फोहर निस्कने गरेको र फोहर व्यवस्थापन गर्ने स्थानको अभाव हुँदा यसले मानव स्वास्थ्यमा अत्यन्तै असर गर्ने पशु बधशाला व्यवसायी सङ्घका अध्यक्ष डा। नवीन शर्माले बताए ।
तराईमा आठवटा पशु बधशाला छन् भने उपत्यकामा मापदण्डअनुरुपको एउटा पनि बधशाला नरहेको काठमाडौँ महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । रासस
२०७३ चैत २३ गते प्रकाशित