
२३ चैत, काठमाडौं –
पशुपतिका बत्राँदरको आतंक रोक्न सर्वोच्च अदालतमा रिट परेको छ । ती दुवै धार्मिक क्षेत्रका बाँदरको आतंकबाट भक्तजन पीडित बनेको र विभिन्न रोग सर्ने जोखिम बढेको भन्दै मंगलबार अभिवक्ता मधुर पाठकले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
बाँदर आतंकले पशुपति मन्दिर परिसरमा पूजा गर्न आउने भक्तजनहरुमा असुरक्षा बढेको तथा सहज रुपमा पूजाआजा गर्न बञ्चित हुँदै आएको रिट निवेदनमा उल्लेख छ ।
रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, स्वास्थ्य मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष र कोष सञ्चालक समितिलाई विपक्षी बनाइएको छ । नयाँ पत्रिका दैनिकबाट
२०७३ चैत २३ गते प्रकाशित