Mon. Mar 10th, 2025

एमालेले बैशाख १२ भित्रै उम्मेदवार टुंगो लगाउने

uml-party-office-dhumbarahi

२२ चैत,  काठमाडौं – 

नेकपा (एमाले) ले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा १५ सदस्यीय स्थानीय तह निर्वाचन घोषणा मस्यौदा समिति गठन गरेको छ ।

एमाले मुख्यालय धुम्बाराहीमा सोमबार बसेको स्थायी कमिटीको बैठकले गठन गरेको मस्यौदा समितिमा अष्टलक्ष्मी शाक्य, भीम रावल, विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, शङकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, डा।पुष्प कंडेल, लालबाबु पण्डित, बिन्दा पाण्डे, रवीन्द्र अधिकारी, रघुवीर महासेठ र लालबाबु यादव सदस्य रहेकाछन् ।

त्यस्तै बैठकले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा स्थानीय तह निर्वाचन अनुगमन तथा समन्वय समिति पनि गठन गरेको  छ ।

समितिमा पृश्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, योगेश भट्टराई, सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, राजेन्द्रप्रसाद पाण्डे, रघुजी पन्त, भानुभक्त ढकाल, अग्नि खरेल, बंशीधर मिश्र, राधा ज्ञवाली, कृष्णगोपाल श्रेष्ठ र रामकुमारी झाँक्री सदस्य रहेका छन् ।

बैठकले उम्मेदवारको सिफारिस पठाउनका लागि वडा कमिटीहरुले चैत ३० गतेसम्म, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका कमिटीहरुले २०७४ बैशाख ४ गतेसम्म, जिल्ला कमिटीले बैशाख १० गतेसम्म उम्मेदवारको सिफारिस पठाउन निर्देशन दिएको सचिव योगेश भट्टराईले जानकारी दिए ।

सिफारिस आएपछि स्थायी समिति बैठकले बैशाख १२ गते उम्मेलवारहरुको अन्तिम टुङगो लगाउने छ । बैठकले चुनावका लागि पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय निकाय तथा विभागका सदस्यहरु, सांसदहरुका साथै जनसंगठनका केन्द्रीय नेताहरुलाई सम्बन्धित प्रदेश समन्वय कमिटीसँग समन्वय गरी आआफ्नो स्थानीय तह रहेको क्षेत्रमा क्रियाशील हुन निर्देशनसमेत दिएको छ ।
गोरखापत्र दैनिकबाट

२०७३ चैत २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: