Fri. Feb 28th, 2025

धादिङमा ४ सय ३२ वटा सहकारी संघसंस्था

    sahakari

दोलख गुरुङ / १९ चैत,  धादिङ –

धादिङमा ४ सय ३२ वटा सहकारी संघ रहेको डिभिजन सहकारी कार्यलय धादिङले जानकारी दिएको छ ।

२०७३ साल फागुन मसान्त सम्मको तथ्याङक अनुसार धादिङ जिल्लामा कृषि संचार, दुग्ध पशुपालन, उपभोक्ता, बचत तथा ऋण सहकारी, शिक्षक, कर्मचारी, बहुउद्देश्यीय  लगायतका सहकारी संघसंस्थाहरु दर्ता भएको कार्यलयले जनाएको छ ।  जसमध्ये ८२ हजार ३ सय ९९ जना महिला र ५३ हजार ७ सय १० जना महिला सदस्य रहेका छन् ।

६० औं राष्ट्रिय सहकारी दिवसको अवसरमा धादिङबेसीमा जिल्लामा रहेको सहकारी संघ ,संस्थाहरुको वर्तमान अवस्था , अवसर र चुनौतिका साथै राष्ट्रिय स्तरमा सहकारीको अवस्थाको विषयमा अन्र्तक्रिया कार्यक्रम संचालन गरिएको छ ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने नाराका साथ चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाइदैछ । । दिवसवको पुर्व सन्ध्यामा डिभिजन सहकारी कार्यालय धादिङ र जिल्ला सहकारी संघ लि. धादिङको संयुक्त आयोजनामा कार्यक्रम संचालन गरिएको हो । कार्यक्रमको डिभिजन सहकारी कार्यालय धादिङका प्रमुख चेतनाथ गिरीले सहजिकरण गरेका थिए भने , दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी भन्ने मुल नारालाई साकार पार्न गर्नु पर्ने विभिन्न कानुनी , आर्थिक ,सामाजिक ,प्राधिक ,पक्षहरुका साथै समग्र विषयमा केन्द्रिय बचत तथा रिण सहकारी संघका वरिष्ठ केन्द्रिय उपाध्यक्ष परितोश पौडेलले सहजिकरण गरेका थिए ।

त्यसै गरि ६० औं राष्ट्रिय सहकारी दिवस मनाउनको लागि विभिन्न उप सहिमितीहरु र केन्द्रहरु तोकिएको छ । सदरमुकाम धादिङबेसिमा चैत २० गते विहान ७ बजे पुच्छारबजारबाट आ–आफ्नो सहकारी संघ संस्थाको व्यानर सहितको ¥यालि गरी कोण सभा सहित कार्यक्रम गर्ने कार्यक्रम रहेको जिल्ला सहकारी संघ धादिङका अध्यक्ष नेत्रराज पौडेलले जानकारी दिए । अन्र्तकृया कार्यक्रममा जिल्लामा रहेका विभिन्न सहकारी संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

२०७३ चैत १९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: