Mon. Mar 10th, 2025

धादिङमा प्रचण्ड माओवादी र वैद्य माओवादीबीच एकता

maoist-center

१६ चैत,   धादिङ – 

धादिङमा मोहन वैद्य निकटको (क्रान्तिकारी) माओवादी र प्रचण्ड निकट नेकपा माओवादी केन्द्र बीच एकता भएको छ ।

स्थानीय चुनावको मिति नजिकिँदै गर्दा एकता भएको हो । लामो समय देखि दुई पार्टीबीच जिल्लामा एकता गर्ने विषयमा छलफल चलेको र त्यहि छलफलको परिणाम स्वरुप बुधबार एक कार्यक्रमको आयोजना गरि जिल्लामा पार्टी एकता गरिएको माओवादी केन्द्र धादिङले जनाएको छ । स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रलाई विजयी गराउन दुई पार्टी विच एकताको आवश्यकता रहेकोले एकता गरिएको जनाइएको छ ।

१९ सदस्यिय कमिटी मध्ये तीन जना भने एकता बाहिर रहेको बताइएको छ । एकता प्रक्रियामा सहभागि हुनेहरुमा हरि अधिकारी, मंगवहादुर तामाङ, रामकृष्ण धरेल, केदार थापा, सुवास वि.क., ज्ञान वहादुर घले, मानबहादुर तामाङ, गणेश घले मदन तामाङ, चन्द्र बहादुर घले, पदम तामाङ, गोपाल रिजाल, सुर्यमान तामाङ, राजन श्रेष्ठ, श्याम तामाङ छन् ।

२०७३ चैत १६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: