

१५ चैत, धादिङ –
काठमाडौँको प्रर्दशनी मार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियुका तपेन्द्रवहादुर शाहीको पूरै प्यानल नै विजयी भएको हो ।
मंगलबार सम्पन्न निर्वाचनमा नेविसंघका उत्तम बहादुर साउद र अखिल क्रान्तिकारी प्रचण्डका धु्रवराज वाग्लेको प्यानललाई हराउँदै शाही विजयी भएका हुन् ।
त्यस्तै सचिवमा नारायण शर्मा, कोषाध्यक्षमा संगम प्रसाद देवकोटा निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा उज्जव न्यौपाने, उर्वशी सिंह नेपाली, जनक शाही, दिनेश बजगाई, दिपक खतिवडा, मदन भण्डारी, श्यामबहादुर बिक र सुजिता धिताल सहित जितेको छ ।
कुल ३ हजार ५ सय ८१ मतदाता रहेकोमा एक हजार २ सय ७६ मत खसेको थियो । शाहीको ७ सय ९९ मत प्राप्त गरे भने नेविसंघका साउदले ३ सय ६७ मत पाए।
दुईपटक स्थगित भएको निर्वाचनको मतदान बिहान ८ देखि साँझ ५ बजेसम्म भएको थियो । निर्वाचनमा अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी प्रचण्ड, संयुक्त प्यानल र नेपाल क्रान्तिकारी विद्यार्थी संगठनले प्रतिस्पर्धा गरेका थिए ।
२०७३ चैत १५ गते प्रकाशित