Mon. Mar 10th, 2025

वैद्य माओवादीले पनि चुनावमा भाग लिने

mohan-baidya

१५ चैत, काठमाडौं –

नेकपा क्रान्तिकारी माओवादीले स्थानीय तहको चुनावमा भाग लिने प्रस्ताव केन्द्रीय समितिमा  पेस गरेको छ ।

पार्टीको सोमबार सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीको वैधानिक मोर्चालाई चुनावको कार्यनीतिको रुपमा उपयोग गरिने प्रस्तावमा उल्लेख छ । सो मोर्चाको प्रमुखमा सीपी गजुरेल रहेका छन् ।

पार्टीका अध्यक्ष मोहन वैद्यले तयार पारेको प्रस्तावमा रणनीतिकरुपमा भन्दा पनि कार्यनीतिकरुपमा चुनावलाई उपयोग गर्न सकिने विषय उल्लेख छ । नेपाल समाचारपत्र दैनिकबाट

२०७३ चैत १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: