Fri. Feb 28th, 2025

धादिङ जिविसद्धारा ३ अर्व ३५ करोडको बजेट सार्वजनिक

IMG_5384 copy
२६ माघ धादिङ
जिल्ला विकास समिति धादिङले आगामी आर्थिक वर्ष २०७२/७३ का लागि ३ अर्व ३५ करोड ४७ लाख २ हजार ९ सय ८३ रुपैयाको बजेट तथा कार्यक्रम विनियोजन गरेको छ ।

जिल्ला विकास समिति धादिङले सोमबार एक कार्यक्रमको आयोजना गरी २२ औं जिल्ला परिषदबाट स्वीकृत आर्थिक वर्ष २०७२/७३ को नीति, योजना, कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको हो । पूँजीगत खर्च तर्फ १ अर्व ५२ करोड ४ लाख ५१ हजार ७ सय ६७ रुपैया, चालु खर्च तर्फ १ अर्व ७८ करोड ८२ लाख ६३ हजार २ सय १५ रुपैया र उपभोग खर्च तर्फ ४ करोड ५९ लाख ८८ हजारको बजेट विनियोजन गरिएको छ ।

बजेट सार्वजनिक गर्नुहुँदै स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङले केन्द्रीय निःशर्त अनुदान तर्फ पूँजीगत प्रकृतिका कार्यक्रमहरु चालु शिर्षकमा अख्तियारी प्राप्त हुने र सोही आधारमा बजेट प्रक्षेपण गरिएकोले चालु खर्च तर्फको बजेट बढि देखिएको बताए । जिल्लाको पूर्वाधार निर्माण, बाटोघाटो, ग्रामीण सडक, खानेपानी तथा सरसफाई कार्यक्रम विद्युतीकरण, साना सिंचाई कार्यक्रम, बरोजगारी, गरीबी असमानता घटाई सामाजिक, आर्थिक रुपान्तरण गर्न सघाउ गर्ने कार्यलाई आफूहरुले विशेष प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरिएको स्थानिय विकास अधिकारी तामाङको भनाई छ

अघिल्लो आर्थिक वर्ष २०७१/७२ को लागि २ अर्व ८१ करोड ४५ लाख १४ हजार वजेट विनियोजन गरेकोमा यस पटक ३ अर्व ३५ करोड ४७ लाखको बजेट विनियोजन गरिएको छ । यो अघिल्लो वर्षको तुलनामा ५४ करोडले बढि हो । विषयगत बाँडफाँड अनुसार पूर्वाधार विकासमा २२ प्रतिशत, सामाजिक विकासमा ६० प्रतिशत, आर्थिक विकासमा १० प्रतिशत, वन तथा वातावरण तर्फ ७ प्रतिशत छुट्याइएको छ ।

आवश्यकताको आधारमा परिषदले पूर्वाधार विकासका लागि ७४ करोड ८६ लाख, सामाजिक विकासका लागि २ अर्ब २ करोड २८ लाख, आर्थिक विकासका लागि ३५ करोड ४२ लाख, वन तथा वातावरणका लागि २३ करोड ५१ लाख र सस्थागत विकासका लागि ६२ लाख वजेट प्रस्ताव गरिएको छ ।
प्राकृतिक श्रोतहरुको उपलव्धता, पर्यटन, सांकृतिक तथा भौगोलिक विविधता, कृषि उत्पादन, जलश्रोत र विद्युत उत्पादनको सम्भावना भएको जिल्ला भएकाले धादिङलाई देशकै नमूना जिल्लाको रुपमा स्थापित गर्न सकिने भएकाले यस छरपष्ट योजनाहरु कटौती गरिएको जानकारी गराइएको छ ।

 

About The Author

अन्य समाचारहरु: