Sun. Mar 16th, 2025

बेलायतको संसद् भवनमा हमला प्रयास : कम्तिमा चारजनाको मृत्यु,

london-hamala

१० चैत, धादिङ –

बेलायतको संसद् भवनमा हमला प्रयास हुदाँ  संसद् भवनबाहिर भएको हमलामा कम्तीमा चारजनाको मृत्यु भएको छ । २० भन्दा बढी घाइते भएको बिबिसीले जनाएको छ । मारिनेमा एक प्रहरी अधिकारी, दुई सर्वसाधारण र एक आतंककारी रहेको प्रहरीले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय समयअनुसार दिउँसो २ः३० बजे हमला भएको हो । कालो कारमा रहेका आतंककारी संसद् भवनको ‘निषेधित क्षेत्र’ तोडेर जबर्जस्ती भित्र प्रवेश गर्न खोजेका थिए । प्रहरीले अवरोध पुर्या‍एपछि आतंककारीले प्रहरीमाथि गोली चलाएका थिए । त्यसक्रममा एक प्रहरी अधिकारीको मृत्यु भएको हो ।

मारिएका दुई सर्वसाधारणमध्ये एकजना प्रहरीको गोली लागेर घाइते भएकी महिला रहेको जनाइएको छ । अर्का एकजनाको गाडीको आक्रमणबाट मृत्यु भएको समाचार एजेन्सीहरूले जनाएका छन् ।

२०७३ चैत १० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: