यूरोपको एयरबस कम्पनीसँग नेपाल वायुसेवा निगमले खरिद गरेका दुइटा ए-३२०-२०० सिरीजका जहाजमध्ये पहिलो जहाज आज दिउँसो ४स्३५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
२८ वर्षपछि निगमले अन्तराष्ट्रिय उडानकालागी नयाँ जहाज थपेको हो । यसअघि २०४४ असोजमा निगमले अन्तराष्ट्रिय उडानकालागी दुइटा बोइङ ७५७ किनेको थियो ।
निगमका प्रवक्ता रामहरि शर्माका अनुसार, जहाजमा पर्यटनमन्त्री दिपकचन्द्र अमात्य, निगमका अध्यक्ष शिवशरण न्यौपाने, प्रवन्ध निर्देशक मदन खरेल नागरिक उड्यन प्राधिकरणका पदाधिकारी, कर्मचारी, पाइलट, ईन्जिनियरसहित १८ जना आएका छन् । मन्त्रीसहितका ११ जना ह्यामवर्गबाट र बाँकी ७ जना दोहोबाट जहाजमा चढेका हुन ।
निगमले एउटा बोइङलाई गण्डकी र अर्कोलाई कर्णाली नामाकरण गरेको छ । आज अवतरण हुन लागेको जहाजको नाम ुसगरमाथाु दिइएको छ । यस्को कल साइन ९ एन ए के डब्लु हो । यसअघि गत बैसाखमा चीन सरकारले अनुदानमा दिएको आन्तरिक उडान भर्ने एमए ६० लाई रारा नामाकरण गरिएको छ ।
सगरमाथाु नाम दिइएको यो जहाजलाई निगमले आफ्नो ह्यांगरमा पार्किङ्ग गरी पञ्चेबाजा र पञ्चकन्यासहितको स्वागत र हिन्दु विधि अनुसार पूजा गरी स्वागत गरेको छ । विमानस्थलमा आकाशभैरब र विमानको पूजा सकिएपछि कालीमाटीस्थित सोल्टी होटलमा एयरबस र निगमबिच डकुमेन्टमा हस्ताक्षर कार्यक्रम राखिएको छ ।
जर्मनीको ह्यामबर्गबाट हिजो उडेको जहाज कतारको राजधानी दोहोमा शनिबार राति १० बजे आइपुगेको थियो । त्यहाबाट नेपाली समय अनुसार, आइतबार दिउँसो १ बजेर २० मिनेट जाँदा काठमाडौंका लागि उडेको थियो ।
जहाजमा ८ वटा विजनेस क्लास श्रेणीका र १ सय ५० वटा इकोनोमी श्रेणीका सिट छन् । यस्ले निगमका पूराना गन्तव्यसहित दैनिक दिल्ली उडान गर्ने तालिका छ । यो सहित अब निगमसँग तीन वटा ठूला जहाज हुनेछन् ।
निगम २०७० असार मा एयरबस कम्पनीबाट दुइटा जहाज खरिद गर्ने सम्झौता गरे अनुसार यो पहिलो जहाज हो । दोस्रो जहाज एयरबसले दुई महिनाभित्र निगमलाई दिने भनेको छ । दुइटा न्यारोबडीका जहाज खरिद गर्न निगमले २०७० जेठमा १० अर्ब ऋण सम्झौता गरेको थियो ।
इकान्तिपुर अनलाइनबाट