Wed. Nov 27th, 2024

दुबै मृगौला फेल भएका धादिङका आशा तामाङलाई नगद सहयोग

help-aasha

८ चैत,  धादिङ –

दुबै मृगौला फेल भएका धादिङको नेत्रावती गाउँपालिका २ केवराकी २५ वर्षीय आसा तामाङलाई नेकपा माओवादी केन्द्र नेत्रावती गाउँपालिका धादिङले उपचारका लागि नगद सहयोग गरेको छ ।

राष्ट्रिय मृगौला उपचार केन्द्र  बनस्थली पुगी  २४ हजार ५ सय रुपैया नगद सहयोग गरेको हो । पार्टीको पहलमा सो रकम संकलन गरेको हो । दुबै मृगौलाले काम नगरेपछि तामाङ २ महिना देखि अस्पतालको बेडमा छटपटाई रहेको छ । निम्न आर्थिकश्रोतका कारण मृगौला फेर्न सकेको छैन । कलिलै उमेरमा बिबाह गरेकी तामाङको ८ बर्षको छोरा र १ वर्षको छोरी छ ।

निम्न आर्थिक श्रोत, घरमा सासुससुरा समेत नरहेको तामाङको श्रीमान बैदेशिक रोजगारको सिलसिलामा बिदेशमा छन् । नेकपा माओबादी केन्द्रका नेता तथा अखिल नेपाल शिक्षक संगठनका केन्दिय बरिष्ठ उपाध्यक्ष शंकर अधिकारी, जिल्ला सदस्य तथा नेत्रावती गांउपालिका ईन्चार्ज ठाकुर गुरूङ, जिल्ला सदस्य सेकेमान तामाङ, बिनिता तामाङ, गणेश अधिकारी लगायतको उपस्थितीमा तामाङलाई सहयोग हस्तान्तरण गरेको हो ।

करिब २५ लाख आर्थिक जुटाउन सके मात्र मृगौला फेर्न सक्ने पीडितको भनाई छ । गहभरी आंसु पार्दै म बाच्न चाहान्छु मेरो छोरा छोरी सानो छ म कै भै हाल्यो भने छोरा छोरीको बिचल्ली हुन्छ भन्दै भक्कानिएको थियो ।

२०७३ चैत ८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: