Tue. Nov 26th, 2024

त्रिशुली नदीमा र्याफ्टिङसहित धादिङको गलौदीमा महोत्सव आयोजना हुँदै

ryftying 5
८ चैत, धादिङ –

कृषि उद्योग र पर्यटनको व्यापक सम्भावना, समृद्ध धादिङ हाम्रो परिकल्पना भन्ने नाराका साथ यहि चैत २४ गतेदेखि धादिङ महोत्सव हुने भएको छ ।

नेपाल राष्ट्रिय बाणिज्य संघ, धादिङको आयोजनामा कृषि, पर्यटन, प्रविधि प्रदर्शनी तथा धादिङ महोत्सव २०७३ हुन लागेको हो ।

महोत्सवमा कृषिजन्य वस्तु प्रदर्शनी, स्थानिय तथा स्वदेशी औद्योगिक उत्पादनहरुको प्रदर्शनी तथा विक्री, त्रिशुली नदीमा ¥याफ्टिङ, साँस्कृतिक प्रदर्शनी तथा प्रतियोगिता, जिल्ला भित्रका खनिजजन्य वस्तुको प्रर्दशनी तथा विक्रि, शैक्षिक सामाग्रीको प्रदर्शनी, विक्री तथा जानकारी, आदिवासी जनजाती भेषभुषा झाँकी तथा संस्कृति झल्कने विभिन्न कार्यक्रमहरु, इलेक्ट्रोनिक्स वस्तुहरुको प्रदर्शनी तथा विक्री र सुचना प्रविधी सम्वन्धी जानकारीका साथै रमाईलो मेला, ख्यातीप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेन आयोजकले जानकारी दिएको छ ।

२०७३ चैत ८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: