६ चैत, धादिङ –
प्रयत्नशील सामुदायिक विकास समाज प्रयास नेपाल धादिङले १६ औं स्थापना दिवसको अवसरमा आइतबार धादिङबेसीमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा ४६ जनाले रक्तदान गरेको संस्थाका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिए । संस्थाले जिल्लामा रहेर विभिन्न सामाजिक गतिविधि संचालन गर्दै आएरहेको छ ।
जिल्लाका २ वटा नगरपालिका र ११ वटै गाउँपालिका, गोरखा र नुवाकोट जिल्लामा नेपाल भूकम्प प्रतिकार्य परियोजना, धादिङ बिपद् व्यवस्थापन, विद्यालयमा पुस्तकालय कार्यक्रम,लगायतका शिक्षा, स्वास्थ्य, सरसफाई, जिविकोपार्जन, पैरवी तथा सुशासनका क्षेत्रमा समुदाय तथा बिद्यालय तहमा कार्यक्रमहरु संचालन गरिर्दै आएको कार्यकारी निर्देशक अर्यालले जानकारी दिए ।
२०७३ चैत ६ गते प्रकाशित