Sun. Mar 9th, 2025

सेनाद्वारा माओवादीविरुद्ध उजुरी, हराएका आठ सैनिक खोजिदिन आग्रह

nepali-sena-logo

२९ फागुन, काठमाडौं – 

सैनिक मुख्यालयले आफ्ना आठ जना सैनिकहरु माओवादीले बेपत्ता पारेको उल्लेख गर्दै उनीहरुको अवस्था पत्ता लगाउन माग गर्दै बेपत्ता आयोगमा उजुरी गरेको छ ।

आयोग स्रोतले दिएको जानकारी अनुसार माओवादीबाट बेपत्ता पारिएका भनिएकाहरुमा मुसेपानी ७ डडेल्धुराका मानबहादुर साउद तथा पञ्चमूल स्याङजाका पदमप्रसाद तिवारी लगायतको अवस्था पत्ता लगाउन माग गर्दै नेपाली सेनाको मुख्यालयले पत्र पठाएको हो ।

यसैगरि खैराघाती महेन्द्रनगर कञ्चनपुरका जंगबहादुर चन्द, उर्लाबारी झापाका उदयकुमार श्रेष्ठ, बतासे ६ सिन्धुपाल्चोकका गेदबहादुर बस्नेत, बैतडीका प्रेमसिंह धामी, रोदीदेवल ६ बैतडीका देवबहादुर चन्द र त्रियुगा नगरपालिका १ उदयपुरका लीला श्रेष्ठलाई पनि खोजी गरिदिन माग गर्दै नेपाली सेनाबाट आयोगलाई लिखित रुपमा माग गरिएको छ । नेपाल समाचारपत्र दैनिकबाट

२०७३ फागुन २९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: