Sun. Mar 9th, 2025

धादिङका परशुराम तामाङ पर्यटन राज्य मन्त्रीमा नियुक्त

parsuram-tamang
२६ फागुन, धादिङ –

माननिय सांसद धादिङ सत्यदेबीका परशुराम तामाङ नेपाल सरकारको पर्यटन राज्य मन्त्रीमा नियुक्त भएका छन् ।मन्त्री परिषद्को विहिबारको बैठकले मन्त्रीमा नियुक्त गरेको हो  ।

उनी राप्रपाका सचेतक पनि हुन् । शाही कालमा  धादिङको मनोनित जिविस उपसभापति भएर राजनितिमा प्रवेश गरेका तामाङ राप्रपाको धादिङ जिल्ला अध्यक्ष हुंदै केन्द्रिय सदस्य भएका थिए ।  राप्रपाका प्रभावशाली नेता मानिने परशुराम शालिन नेताका रुपमा चिनिन्छन् ।

त्यस्तै उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापा र संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री दिलनाथ गिरीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

२०७३ फागुन २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: