Thu. Feb 27th, 2025

जीवनपुरमा विद्यार्थीहरुले गरे च्याउ खेती

chau

२३ फागुन,  धादिङ – 

धादिङको जीवनपुर गाविसमा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीहरुले विद्यालयमा च्याउको खेती गरेका छन् ।

 जीवनपुर स्रोत केन्द्र भनेर चिनिने महेशधर्म स्रोत केन्द्र अन्र्तगत रहेको भुवनेश्वरी माध्यमिक विद्यालयमा ऐच्छिक दोस्रो विषय रुपमा कृषि विषय अध्ययन गर्ने  कक्षा १० का विद्यार्थीहरुले प्रयोगात्मक रुपमा  कन्ये च्याउ खेती गरेका हुन् ।

विद्याथीहरुलाई च्याउ खेतीको लागि कृषि प्राविधिकद्धय सुरज पोखरेल र श्यामचन्द्र आचार्य र बिद्यालयमा कृषि विषय अध्यापन गराउने शिक्षक भरत रेग्मीले सहजीकरण गरेका थिए ।

विद्यालयमा आफुले पढेको कुरालाई विद्यालय हातामै शिक्षकहरु र अरु आफुभन्दा तल्लो कक्षाका भाईबहिनीहरुका अगाडी प्रयोगात्मक रुपमा प्रस्तुत गर्न पाँउदा आफुहरुमा उत्साह बढेको विद्यार्थी सुजन अधिकारीले बताए।

अहिले माध्यमिक तहमा ऐच्छिक विषयमा कृषि कृषि विषय सुरु गरेको र निकट भविश्यमा भुवनेश्वरी मा. वि. लाई  कृषि प्राविधिक शिक्षालयको  रुपमा विकास गर्ने उदेश्यका साथ आफुहरु लागि परेको विद्यालयका प्रधानाध्यापक रामचन्द्र आचार्यले बताए ।

२०७३ फागुन २३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: