Sun. Mar 16th, 2025

सोमालियामा भोकमरी, १ सय १० जनाको मृत्यु

somaliya

२२ फागुन,  धादिङ  –

 

 

सोमालियामा भोकमरीका कारण एक सय १० जनाको ज्यान गएको छ ।

प्रधानमन्त्री हसन अलि ह्यारीले पछिल्लो ४८ घण्टामा खडेरीका कारण उत्पन्न भएको भोकमरीले एउटै क्षेत्रमा मात्रै एक सय १० जनाको ज्यान गएको गरे । दक्षिण पश्चिमी सुख्खा क्षेत्रमा मात्रै भोकमरीका कारण ज्यान गएको हो । तर खडेरी र भोकमरीको चपेटामा परेका अन्य ठाउँका मानिसको अवस्था भने थाहा नभएको बिबिसीले जनाएको छ । सोमालियामा खडेरीका कारण भोकमरीको संकट बढ्दै गएको छ ।

अहिले सोमालियाका झण्डै ३० लाख मानिसले खाद्य संकट भोगिरहेका छन् । सोमालियामा सन् २०१० देखि २०१२ सम्म भोकमरीका कारण दुई लाख ६० हजार भन्दा धेरैको ज्यान गएको थियो । त्यसअघि सन् १९९२ मा फैलिएको भोकमरीका कारण दुई लाख २० हजार मानिसको ज्यान गएको थियो ।

२०७३ फागुन २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: