Sun. Mar 9th, 2025

युवा सघं नेपाल धादिङको जिल्ला अधिवेशन सुरु

yuba-sanag

२२ फागुन,  धादिङ –

युवा सघं नेपाल धादिङको सातौ जिल्ला अधिबेशन सदरमुकाम धादिङबेशीमा सुरु भएको छ ।

युवा सघं धादिङका अध्यक्ष्य अर्जुन गोर्खालीको अध्यक्ष्यतामा सञ्चालित कार्यक्रममा युवा सघं नेपालका केन्द्रिय अध्यक्ष्य राजिब पहारीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा  माननीय सांसद गुरु बुर्लाकोटी, धन बहादुर घले , नेकपा एमाले धादिङका अध्यक्ष्य भुमी त्रिपाठी , युवा सघं नेपालका केन्द्रिय  सचिव क्रान्ती बुर्लाकोटीको विशेष आतिथ्य रहेको थियो । न्याय प्रेमी युवाहरु युवा सघमा सामाजिक परिवर्तन युवाको काँधमा भन्ने मुल नारासहित सुरु भएको अधिबेशनका अवसरमा नेपाल पत्रकार महासघं धादिङका नवनिर्वाचित अध्यक्ष्य नवराज छत्कुलीलाई सम्मान गरिएको छ ।

त्यस्तै  जिल्लामा भर्खरै मात्र सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट विजयीहुन सफल  अनेरास्ववियुका सभापती र अकोरावका अध्यक्ष्य सुवास खतिवडालाइ सम्मान समेत गरिएको छ ।

२०७३ फागुन २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: