१५ फगुन धादिङ –
सानिमा माई हाइड्रोपावर लिमिटेडले महत्वपूर्ण दुई जलविद्युत आयोजना निर्माणका लागि एक अर्ब बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
सेयर निष्कासनका लागि सानिमाले धितोपत्र बोर्डमा निवेदनसमेत दर्ता गरिसकेको छ । कुल ८२ मेगावाट क्षमताका दुई आयोजना अगाडि बढाउन हकप्रद सेयर निष्कासनको तयारी गरिएको सानिमा माई हाइड्रो पावरका प्रमुख कार्यकारी अधिकृत aसुवर्णदास श्रेष्ठले जानकारी दिए ।
कम्पनीले २८ मेगावाटको तल्लो लिखु र ५४ मेगावाटको मध्य तमोर आयोजना बनाउनका लागि एक बराबर एक अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयर निष्कासन पछि कम्पनीको चुक्तापुँजी दुई अर्ब ११ करोड ५० लाख पुग्नेछ । अहिले कम्पनीको चुक्तापुँजी एक अर्ब पाँच करोड छ ।
लगानीको अन्य स्रोत हुँदाहँुदै पनि दुई आयोजनामा सर्वसाधारणको स्वामित्व होस भनेर सेयर निष्कासन गर्न लागिएको आयोजनाले जनाएको छ । यसअघि सानिमाले २२ मेगावाटको माई, सात मेगावाटको माइक्याकेड र साढे २ मेगावाटको सुनकोशी साना जलविद्युत आयोजना निर्माण गरिसकेको छ ।
२०७३ फागुन १५ गते प्रकाशित