
१५ फागुन, धादिङ –
रिपोर्टिङको क्रममा इराकको मोसुलमा पत्रकारको मृत्यु भएको छ ।
बिद्रोही विरुद्ध सरकारी सेनाले गरिरहेको कारवाही अभियानको रिपोर्टिङ गर्ने क्रममा एक जना पत्रकारको मृत्यु भएको हो । इराकी कुर्दिस टेलिभिजन च्यानल रुदाकी पत्रकार शिफा गर्दीको मृत्यु भएको हो ।
इस्लामिक स्टेट आइएसको कब्जामा रहेको मोसुलको पश्चिमी क्षेत्रमा इराकी सेनाले गरिरहेको कारवाही अभियानको रिपोर्टिङ गर्ने क्रममा बम विस्फोटनमा परि पत्रकार गर्दीको मृत्यु भएको हो । सडक छेउमा भएको बम विस्फोटनमा परि ३० वर्षकी गर्दीको मृत्यु भएको हो ।
गर्दीले जोखिम युक्त ठाउँमा पुरुष पत्रकारले मात्रै रिपोर्टिङ गर्न सक्छन् भन्ने आम मान्यतालाई तोडेकी थिइन् । मोसुलको पश्चिमी क्षेत्रमा इराकी सेना र आइएसका लडाकुबिच संघर्ष भइरहेको छ ।
२०७३ फागुन १५ गते प्रकाशित