Wed. Nov 27th, 2024

धादिङको सामुदायिक बिद्यालयमा कम्प्युटर शिक्षा र ई–पुस्तकालय निर्माण हुने

dhading-samaj
१३ फागुन,  धादिङ –

धादिङको सामुदायिक बिद्यालयमा कम्प्युटर शिक्षा र ई–पुस्ताकालय निर्माण हुने गरिने भएको छ ।

एक्काईसौ शताब्दीको आधुनिक युगमा पुरानो शैक्षिक पद्धतिमा अध्यन गर्नु पर्ने बाध्यताको अन्त्य गर्ने सोचका साथ गाउँमा कम्युटर शिक्षा अभियान अन्र्तगत कार्यक्रम सञ्चालन गरिने गाउँमा कम्प्यूटर शिक्षा अभियानका अध्यक्ष भुवन गुरुङले जानकारी दिए ।

धादिङ समाज युएईले सहकार्य गर्दै धादिङ जिल्लाका हरेक बिद्यालयलमा कम्प्युटर शिक्षा र ई–पुस्ताकालय निर्माण गर्ने भएको छ ।  प्राबिधिक क्षेत्रमा अन्य देशका नागरिक भन्दा नेपालीहरु कमजोर भएको कारण बिभिन्न अबसर गुमाउनु परेको तितो यथार्तलाई आत्मसात गर्दे बर्षौं लगायर आर्जन गरेको शिक्षाले मात्र प्राबिधिक क्षेत्रमा काम गर्न समस्या अईपर्ने हुदाँ सबैले कम्प्युटर शिक्षा हासिल गरि सक्षम र अत्मनिर्भर हुन सकिने सोचका साथ हरेक बिद्यालयमा कम्प्युटर शिक्षा र ई–पुस्ताकालय निर्माण गर्न हाल धादिङ समाज युएईका अध्यक्ष भिम कुमार अधिकारी, बरिष्ठ सल्लाहाकारद्धय मनोज गोर्खाली र नानुकाजी अर्याल लागी परेका छन् ।

पुरानो शिक्षा प्रणालीबाट हासिल गरेको शिक्षाले बिश्व वजार संग प्रतिस्पर्धा गर्न नसक्ने हुदाँ शहरको महाङ्गी, प्रदुषन जस्ता समस्यामा गएर अध्यन गर्नुपर्ने बाध्यताको अन्त्यको लागी पनि यो अभियान चलाउन परेको गाउमा कम्प्युटर शिक्षा अभियानका अध्यक्ष भुवन गुरुङ्गले बताए । हाल धादिङ लगायत अन्य जिल्लाका थुप्रै बिद्यालयमा उक्त अभियान शुरु भैसकेको र छिटै धादिङ जिल्लाका सबै सामुदायिक बिद्यालयहरुमा कम्प्युटर शिक्षा र ई–पुस्तकालय निर्माण गरिने धादिङ समाज युएईका अध्यक्ष भिम कुमार अधिकारीले जानकारी दिएका छन् ।

धनि र सुगम क्षेत्रका बिद्यार्थीहरुले मात्र नभई भौगोलिक तथा आर्थिक रुपले पिछडिएका जनताका छोराछोरीले पनि परिवर्तित समय अनुसार कम्प्युटर शिक्षा र बिश्वको वारेमा खोज अनुसन्धान किताब बाट मात्र नभई बिधुतिय पुस्तकालय बाट जान्न र बुझ्न सकुन भन्ने उद्धेस्यका साथ उक्त अभियान शुरु गर्न लागेको पनि अध्यक्ष अधिकारीले जानकारी दिएका छन् ।

२०७३ फागुन १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: