Sun. Mar 9th, 2025

एमालेद्धारा जेष्ठ नागरिकहरुलाई देशदर्शन

uml-party-office-dhumbarahi

१३ फागुन,  धादिङ –

 

 

नेपाली कम्युनिष्ट आन्दोलनका धरोहर, नेकपा एमालेका पूर्व अध्यक्ष एवं पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको नाममा स्थापना भएको मनमोहन स्मृति प्रतिष्ठानले ६५ वर्ष ननाघेका जेष्ठ नागरिकहरुलाई देशदर्शन गराइरहेको छ ।

१२५ जना जेष्ठ नागरिकलाई विहिबार काठमाडौंबाट पोखरा हुँदै लुम्विनीसम्मको दर्शन गराउन लगिएको नेकपा एमालेले जनाएको छ । देशदर्शनका लागि आएको टोलिलाई आज नेकपा एमाले जिल्ला कमिटि धादिङले धादिङको मलेखुमा स्वागत तथा विदाई गरेको थियो । एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठीले स्वागत तथा विदाई गरे । जेष्ठ नागरिकहरुलाई धादिङमा स्वागत गर्दै अध्यक्ष त्रिपाठीले नेकपा एमाले वृद्ध/वृद्धाको सम्मान गर्ने पार्टी भएको बताए ।

विगतमा एमालेलाई ६० वर्ष पूरा गरेकालाई गालि हानी मार्छ भन्ने आरोप लगाउनेहरुलाई यो देशदर्शन कार्यक्रम जवाफ भएको धारणा पनि त्रिपाठीले राखे । मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेको बताउँदै एमाले अध्यक्ष त्रिपाठीले पार्टीको तर्फबाट पछिल्लो पटक प्रधामन्त्री बन्नुभएका केपी ओलीले मासिक २ हजार रुपैयाँ भत्ता पु¥याएर जेष्ठ नागरिकको सम्मान गरेको पनि बताए ।

स्वागत कार्यक्रममा जेष्ठ नागरिकहरुले पनि नेकपा एमालेले वृद्ध/वृद्धाको सम्मान गरेर जीवनको उत्तराद्र्धमा पनि उर्जा थपेको बताएका थिए ।देश दर्शनमा निस्किएका जेष्ठ नागरिकहरुले नेकपा एमालेलाई हरेक क्षेत्रमा सफल हुने शुभकामना दिएका थिए । स्वागत तथा विदाई कार्यक्रममा एमालेका केन्द्रिय सदस्य खेम लोहनी लगायत जिल्ला र स्थानीय तहका नेता कार्यकर्ता सहभागि भएका एमाले धादिङले जनाएको छ ।

२०७३ फागुन १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: