

१२ फागुन, धादिङ –
धादिङमा आगामी फागुन २८ र २९ गते जिल्ला स्तरीय टेबुलटेनिस प्रतियोगीता हुने भएको छ ।
धादिङ जिल्ला टेबुल टेनिस संघको आयोजनामा प्रतियोगीता हुने बताइएको छ । धादिङको गजुरीमा हुने प्रतियोगीतामा जुनियर र सिनियर छट्टा छुट्टै दुई विधामा संचालन हुने आयोजक समितिले जनाएको छ ।
प्रतियोगीताका लागि विभिन्न विaद्यार्थी तथा खेलाडीहरुलाई आह्वान गरिएको छ । प्रतियोगीतामा प्रथम, द्धितीय र तृतीय हुने खेलाडीहरुलाई नगद सहित मेडल प्रमाणपत्रले पुरस्कृत गरिने सन्दिप सापकोटाले जानकारी दिए ।
२०७३ फागुन १२ गते प्रकाशित