११ फागुन, धादिङ –
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालको अध्यक्षमा विजय सम्बाहाम्फे निर्वाचित भएका छन् । राजधानीमा आयोजित १३ औं राष्ट्रिय महाधिवेशनबाट सम्बाहाम्फेको नेतृत्वमा ६७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको हो ।
वरिष्ठ उपाध्यक्षमा डीके ढुंगाना, खुला उपाध्यक्षमा ईश्वरबहादुर गुरुङ, अनिलकुमार झा, आरसी श्रेष्ठ र कृष्णप्रसाद अधिकारी विजयी भएको निर्वाचन समिति संयोजक पर्शुराम कोइरालाले जानकारी दिए । इश्वरबहादुर गुरुङ पुरीको प्यानलबाट निर्वाचित भएका हुन् ।
साथै, महासचिवमा राजेन्द्र बानियाँ, उपमहासचिवमा कुमार घिमिरे र कोषाध्यक्षमा टंक भट्टराई निर्वाचित भएका छन् । उपमहासचिव घिमिरे पुरी प्यानलका हुन् ।
अधिवेशनमा धादिङका शान्तविक्रम बानियाँ प्रदेश नं ३ को उपाध्यक्षमा निर्वाचित भएका छन् । उनी सीपी कलेजका अध्यक्ष समेत छन् ।
२०७३ फागुन ११ गते प्रकाशित