१० फागुन, धादिङ –
धादिङको महादेवस्थान गाउँ विकास समितिको नम्बर २ सिम्थलीका रविन्द्र चेपाङको उपचारको लागि जापानमा रहेका नेपालीहरुले रकम सहयोग गरेका छन् ।
खुट्टाको उपचार गराउन नसकेर लामो समयदेखि घरमै थलिन पुगेका चेपाङलाई धादिङ समाज टोकाई होकुरिकु जापानले जापानी येन २६००० आर्थिक सहयोग गरेका हुन् ।
धादिङ घर भई जापानमा बस्दै आएका किशोर पाण्डेले ५ हजार, राजकुमार अधिकारीले ३ हजार, श्याम शितल ३ हजार, राम कृष्ण अधिकारी २ हजार, दिपेन्द्र अधिकारी १ हजार, राम कृष्ण त्रिपाठी २ हजार, अनुप कंडेलले ३ हजार र राम कुमार थापाले २ हजार गरी जापानी येन २६ हजार सहयोग गरेका छन्।
उनको उपचारका लागि पिपल भन्ज्याङ मावि महादेवस्थान ताल्तिका शिक्षक, बिद्यार्थी, स्थानीयवासी र सहकारी संस्थाको तर्फबाट १६ हजार ४ सय ६५ रुपैंया सहयोग संकलन गरिएको छ । चेपाङको उपचार काठमाडौँ स्थित बीर अस्पतालमा भईरहेको छ । चेपाङको उपचारका लागि सहयोगको अपिल गरिएको छ ।
२०७३ फागुन १० गते प्रकाशित